मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत ९ बिहीबार ०६:२३:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ चैत ९ बिहीबार ०६:२३:००

मधेसकेन्द्रित दलहरू एकसाथ सरकारमा जाने तयारीमा हुनुहुन्छ । यो तपाईंहरूको बाध्यता हो कि रणनीति ?
मधेसकेन्द्रित दलहरू यसरी सरकारमा जानु अन्यथा होइन । तर, यसरी सरकारमा जाँदै गर्दा हामी मधेस मुद्दाका लागि एक हुन सकेको भए त्यो जाती हुने थियो । तर, यहाँ त हामी सबै प्रचण्डजीलाई प्रधानमन्त्री बनाइदिन सरकारमा जाँदै छौँ । यो निकै उदेकलाग्दो विषय हो । यसरी हामी सबै एकसाथ सरकारमा जानु संयोग मात्र हो र जनादेश पनि त्यस्तै छ । 

सरकारमा सँगै बस्न सक्ने मधेसवादी शक्ति दलीय रूपमा चाहिँ किन छिन्नभिन्न छन् ?
प्रत्येक मधेसवादी दलको भोट बैंक एउटै छ । सबैबीच चुनावी प्रतिस्पर्धा छ । सबै मधेसवादी दल र नेताहरूमा वर्चस्वको चिन्ता छ । उहाँहरू एक अर्कालाई स्विकार्न सक्नुहुन्न । यो तथ्यलाई पछिल्लो उपराष्ट्रपति निर्वाचनले पनि पुष्टि गरेको छ ।

मधेसवादी शक्तिहरू एउटै दलको झन्डामुनि उभिएको देख्न पाइएला कि नपाइएला ?
मधेसवादी शक्तिहरू एउटै दलको झन्डामुनि उभिएको आरामले देख्न पाइन्छ । त्यस्तो दिन आयो भने कसैले पनि आश्चर्य नमाने हुन्छ । जनादेश पनि त्यस्तै छ । अहिलेका नेतृत्वले एकअर्कालाई स्विकार्न सक्नुहुन्न । जेठोलाई जेठो मानेर जान मधेसवादी दलहरूको नेतृत्वले सकस मानिरहनुभएको छ । तर, लामो समयसम्म उहाँहरूले पनि जनादेशलाई नकार्न सक्नुहुन्न । त्यसैले, ढिलोचाँडो एकै ठाउँमा नउभिई सुखै छैन ।