Skip This
राष्ट्रिय मर्यादासम्बन्धी गैरसरकारी विधेयक दर्ता
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १८:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय मर्यादासम्बन्धी गैरसरकारी विधेयक दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:३७:oo

संघीय संसद् सचिवालयमा राष्ट्रिय मर्यादासम्बन्धी गैरसरकारी विधेयक दर्ता भएको छ।

राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व हुने गरी सांसदहरू गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, देवेन्द्र दाहाल, प्रकाश पन्थ, प्रमिला कुमारी, डा. बेदुराम भुसाल, रमेशजंग रायमाझी र शेखरकुमार सिंहले संयुक्त रूपमा विधेयक प्रस्तुत गरेका हुन्।

विधेयक प्रस्तुतकर्ता सदस्यहरूको तर्फबाट सांसद प्रकाश पन्थले आइतबार उक्त विधेयक संघीय संसद् सचिवालयमा दर्ता गराएका हुन्।

विधेयकमा सरकारी एवं सार्वजनिक पदाधिकारी र राष्ट्रिय जीवनमा योगदान गरेका विशिष्ट व्यक्तिहरूको मर्यादाक्रम, अति विशिष्ट तथा विशिष्ट पदाधिकारीलाई गरिने सम्बोधन, राष्ट्रिय झन्डा र राष्ट्रिय गानको प्रयोग र अति विशिष्ट तथा विशिष्ट व्यक्तिलाई सम्मान प्रकट गर्ने, सलामी दिनेजस्ता विषयहरू समावेश छन्।