Skip This
पत्रकार महासंघ काठमाडौं शाखाद्वारा एक लाख राशिको ‘आदर्श पत्रकारिता पुरस्कार’ घोषणा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ५ आइतबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ५ आइतबार १६:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकार महासंघ काठमाडौं शाखाद्वारा एक लाख राशिको ‘आदर्श पत्रकारिता पुरस्कार’ घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ५ आइतबार १६:४९:oo

नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाले एक लाख एक हजार एक सय ११ रुपैयाँ राशिको ‘आदर्श पत्रकारिता पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ ।

शाखा अध्यक्ष सूर्य सुवेदीका अनुसार गत शुक्रबार र शनिबार बसेको पूर्ण बैठकले सो धनराशिबराबरको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । शाखाको २५ चैतमा तय भएको साधारणसभामा सो पुरस्कार प्रदान गर्ने भनिए पनि पुरस्कृत व्यक्ति छनाेट भइनसकेको अध्यक्ष सुवेदीले जानकारी दिए ।

‘शाखाले पहिलोपटक यति ठूलो धनराशिको पुरस्कार स्थापना गरेको छ । पुरस्कृत व्यक्ति छनाेटका लागि समिति बनेको छ । सो समितिले चाँडै नाम तय गर्नेछ,’ उनले भने । पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान गर्ने स्थापित पत्रकार छनाेट गरिने उनले बताए ।

त्यस्तै थप दुई पत्रकारलाई जनही २५–२५ हजार रुपैयाँ राशिको पुरस्कारसमेत प्रदान गरिने बैठकले निर्णय गरेको छ ।

दुई दिनसम्म चलेको बैठकले एक घोषणापत्रसमेत जारी गर्दै हाल कायम न्यूनतम पारिश्रमिक (मासिक २५ हजार)लाई दोब्बर गर्नुपर्ने, लोककल्याणकारी विज्ञापनको दरसमेत दोब्बर गर्नुपर्ने र अनलाइन सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापनको दायरामा समेट्ने सरकारको नीति कार्यान्वयन हुनुपर्ने, साना लगानी तथा स्वरोजगारमूलक मिडियालाई दिइँदै आएको सहुलियत ऋणको सीमा १० लाख रुपैयाँबाट बढाएर २५ लाख रुपैयाँ कायम गर्नुपर्नेलगायतका मागसमेत राखिएको छ ।