१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ चैत २ बिहीबार १३:४०:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

युएईले खडा गर्‍याे नेपालविरुद्ध रनको पहाड, आसिफको कीर्तिमानी शतक

आइसिसी पुरुष विश्वकप डिभिजन लिग - २

Read Time : < 1 मिनेट
२०७९ चैत २ बिहीबार १३:४०:००

आइसिसी पुरुष विश्वकप लिग– २ को अन्तिम खेलमा युएईले रनको पहाड खडा गरेको छ । युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर तीन सय १० रन बनाएको छ ।

यसक्रममा युएईका ब्याटर आसिफ खानले कीर्तिमानी शतक प्रहार गरे भने भ्रित्या अरविन्दले ९४ र कप्तान मोहम्मद वसिमले ६३ रनको योगदान गरे । 

आसिफले ४१ बलमा शतक पूरा गरी आफ्नो नाममा कीर्तिमान लेखाए । चौथो सबैभन्दा चाँडो शतक बनाउने क्रममा उनले ११ छक्का र चार चौका प्रहार गरे । इनिङको अन्तिम बलमा आउट भएका अरविन्दले एक सय ३८ बलमा दुई छक्का र आठ चौकाको मद्दतले ९४ रन बनाए । कप्तान वसिमले ४९ बलमा ६ छक्का र दुई चौका प्रहार गर्दै ६३ रन बनाए । 

४५ ओभरको अवस्थामा युएई दुई सय आठ रन थियो । तर, अन्तिम पाँच ओभरमा युएईले ८१ रन बटुल्यो । 

नेपाली बलरहरू आसिफ र वसिमको अगाडि निकै निरीह देखिए । सबैभन्दा सफल बलर सन्दीपले समेत आफ्नो अन्तिम ओभरमा लगातार चार छक्का खाए । 

दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी सबैभन्दा किफायती बलर देखिए । दीपेन्द्रले आठ ओभर बलिङ गर्दै दुई विकेट लिएर १९ रन मात्र दिए । ललितले दश ओभरमा २७ रन दिएर एक विकेट लिए । 

यस्तै, एक विकेट लिएका सन्दीपले ८० रन, सोमपालले नाै ओभरमा एक विकेट लिँदै ७४ रन, गुल्सन झाले आठ ओभरमा ६३ रन, कुशल मल्लले चार ओभरमा ३८ रन र आरिफ शेखले एक ओभरमा ६ रन दिए ।