Skip This
एनआरटीलाई पन्छाउँदै मनाङ तेस्रो स्थानमा उक्लियो
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:२६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एनआरटीलाई पन्छाउँदै मनाङ तेस्रो स्थानमा उक्लियो

सहिद स्मारक ए डिभिजन लिग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:२६:oo

सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दीले चिरपरिचित प्रतिस्पर्धी न्युरोड टिम एनआरटीलाई सहजै पन्छाएको छ। 

दशरथ रंगशालामा आज साँझ सम्पन्न खेलमा एनआरटी ३–१ गोल अन्तरले पराजित गर्दै मनाङले महत्वपूर्ण तीन अंक बटुल्यो । यो जितपछि मनाङ लिगको अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ।

खेलको ३९औँ मिनेटमा रोशन रानामगरले मनाङलाई अग्रता दिलाएका थिए । यस्तै, ६९औँ मिनेटमा डाभ्लाट जोनोभ र ८७औँ मिनेटमा कोफी टिमोथीले क्रमशः दोस्रो र तेस्रो गोल गरे ।

एनआरटीका लागि दोस्रो हाफको थपिएको समयमा अशोक थापाले सान्त्वना गोल गरे । 

जारी लिगमा आजको जित मनाङको लागि दोस्रो जित हो । उसले बाँकी दुई खेल भने बराबरीमा टुंग्याएको थियो ।