Skip This
सिसडोल–बन्चरेडाँडा जोड्ने सडक वैशाखभित्रै ढलान हुँदै
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २९ सोमबार
  • Tuesday, 13 May, 2025
२o७९ फाल्गुण २९ सोमबार o८:११:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सिसडोल–बन्चरेडाँडा जोड्ने सडक वैशाखभित्रै ढलान हुँदै

लागत दुई करोड, बर्खामा पनि उपत्यकाको फोहोर ढुवानी नरोकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २९ सोमबार o८:११:oo

 काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको स्थान बन्चरेडाँडासम्म जोड्ने सडक ढलान गर्ने भएको छ । महानगरले बर्खाअघि नै सिसडोल–बन्चरेडाँडा सडकखण्ड ढलान गर्न लागेको हो । 

नुवाकोट र धादिङको सिमानामा रहेको बन्चरेडाँडा ल्यान्डफिल पुग्ने सडक बर्खामा हिलाम्मे हुने गर्छ । जसका कारण असार–साउन दुई महिनामा मुस्किलले १५ दिन मात्रै फोहोर लैजान सक्ने महानगरले जनाउँदै आएको छ । यो सडक ढलान भए फोहोर व्यवस्थापन रोकिँदैन । 

करिब दुई सय मिटर उक्त सडक ढलानका लागि दुई करोड लाग्ने अनुमान गरिएको महानगरका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार पुरानो ल्यान्डफिल साइट सिसडोल हुँदै बन्चरेडाँडातर्फको सडक बर्खाका वेला हिलाम्य हुँदा फोहोरका कन्टेनर फस्छन् । जसका कारण पानी परेका वेला फोहोर ढुवानी रोकिन्छ । ‘बर्खाका वेला हिलो सडकका कारण फोहोर ढुवानीमा समस्या हुँदै आएको छ,’ उनले भने, ‘उक्त समस्या समाधानका लागि महानगरले चालू आर्थिक वर्षको कार्ययोजनामा बजेट छुट्याएको थियो, बर्खा सुरु हुनुअगावै सडक ढलान भइसक्छ ।’ कालोपत्रे गर्दा धेरै नटिक्ने भएकाले ढलान गर्न लागिएको हो । 

अस्तव्यस्त हिलाम्य सडकका कारण असार र साउन महिनामा करिब १५ दिन मात्रै फोहोर ढुवानी हुँदै आएको छ । तर, यो वर्ष बर्खा सुरु नहुँदै उक्त सडक स्थायी रूपमा ढलान गर्न लागिएको हो । महानगरले सडक ढलानका लागि टेन्डर आह्वान गरिसकेको छ । एक साताभित्र ठेकेदार कम्पनी छनोट भइसक्नेछ । आगामी वैशाखसम्म काम सक्ने गरी ठेकेदार कम्पनीलाई जिम्मा दिइनेछ । सडक ढलान भइसकेपछि बर्खा तथा पानी परेको समयमा पनि फोहोर ढुवानी नरोकिने महानगरले जनाएको छ ।