१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २४ बुधबार १४:१०:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बेन्फिका च्यान्पियन्स लिगको अन्तिम आठमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २४ बुधबार १४:१०:००

पोर्चुगिज क्लब बेन्फिका युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश गरेको छ । 

बेल्जियमको क्लब ब्रुगमाथि सामग्रमा ७– १ गोलअन्तरको नतिजा निकाल्दै बेन्फिकाले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । 

गएराति भएको दोस्रो लेगमा बेन्फिकाले ब्रुगलाई ५–१ ले पराजित गर्‍याे । त्यसअघिको पहिलो लेग बेन्फिकाले २–० ले जितेको थियो । 

घरेलु मैदानमा बेन्फिकालाई ठूलो अन्तरको जित दिलाउने क्रममा गोन्कालो रामोसले दुई तथा राफा सिल्भा, जोआओ मारियो र डेभिड नेरेसले एक–एक गोल गरे । बिजोर्न मेइजेरले ब्रुगका लागि सान्त्वना गोल फर्काए ।