१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ फाल्गुण २४ बुधबार १०:५८:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मर्निङ वाकमा किन निस्कने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ फाल्गुण २४ बुधबार १०:५८:००

- पहिलो कुरो तपाईंको रगतमा कोलेस्ट्रोल र ट्राइग्लिसेराइड दुवै कम हुन्छ । कोलेस्ट्रोलले ब्लकेजको काम गर्छ र मुटुसम्बन्धी समस्या निम्त्याउँछ । वाकिङ गर्दा तपाईंको शरीरमा फ्याट कम हुन्छ र कोलेस्ट्रोल र ट्राइग्लिसेराइडसम्बन्धी समस्या कम भएर जान्छ । 

- सुगरको कन्ट्रोल हुन्छ । हिँड्दा क्यालोरी कट हुन्छ, नर्मल मानिसले एक मिनेटमा बसिरहँदा एक क्यालोरी, सवा क्यालोरी खर्च गर्छ । तर, यदि उसले वाक ग¥यो भने तीन क्यालोरीदेखि ५–६ क्यालोरी खर्च गर्छ । नेचुरल्ली क्यालोरी घट्दै जान्छ र तपाईंको तौल घट्दै जान्छ । 

- हिँड्दा स्ट्रेस कम हुन्छ । यो ठूलो फाइदा हो । वाकिङबाट हुने अर्को कुरा, तपाईंको हाड–जोर्नी र स्पाइनको समस्यामा पनि फाइदा मिल्छ । 

- नियमित हिँड्नु जरुरी छ । वाकिङको सबैभन्दा ठूलो फाइदा फिटनेस हो । फिटनेस राम्रो हुन्छ, अर्थात् तपाईंको हृदय र फोक्सोले कम मिहिनेतबाटै धेरै काम
गर्न थाल्छन् । 

- तपाईंको मुटुको स्पिड कम हुन्छ । यसपछि जति लामो वाक गर्न पनि समस्या हुँदैन । कम्तीमा ३५ मिनेट वाक गर्नुपर्छ । महिनामा कम्तीमा २५ दिन गर्नुपर्छ ।