
दोलखा उद्योग वाणिज्य संघको अध्यक्षमा इन्द्रबहादुर श्रेष्ठ सर्वसम्मत चुनिएका छन् । संघको २३औँ वार्षिक साधारणसभा तथा १५औँ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
उद्योग वाणिज्य संघको विधानमा अधिवेशनबाट अध्यक्षसहितका सदस्य चयन हुने र संघको पहिलो बैठकले पदाधिकारी तोक्ने व्यवस्था छ ।अधिवेशन सकिएलगत्तै बसेको पहिलो बैठकले संघको प्रथम उपाध्यक्षमा दिनेश पाठक, महासचिवमा सुरेश उप्रेती, कोषाध्यक्षमा श्यामकृष्ण कायस्थलाई चयन गरेको छ ।
अझै द्वित्तीय उपाध्यक्ष, सचिव चयन हुन बाँकी ६ संघका सदस्यहरूमा विमल श्रेष्ठ, प्रवीण श्रेष्ठ, नारायणबहादुर श्रेष्ठ, रामशरण बस्नेत, सुरेन्द्र उप्रेती, कल्पना श्रेष्ठ, अनिल रिजाल, हिमाल न्यौपाने, श्यामसुन्दर सिवाकोटी, बलराम थापा, राजन थापा, रामकुमार खड्का रहेका छन् ।