Skip This
कुन कोठा कस्ता वालपेपरले सजाउने ?
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १२:११:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कुन कोठा कस्ता वालपेपरले सजाउने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:११:oo

पछिल्लो समय सहरी क्षेत्रमा घर, अफिस र रेस्टुराँका भित्तालाई ‘वालपेपर’ ले सजाउने चलन बढेको छ । रङभन्दा वालपेपर केही सस्तो हुने भएकाले पनि धेरैको रुचि यसतर्फ बढेको हो । 

जुनसुकै कोठाको भित्तालाई पनि वालपेपरले सजाउन सकिन्छ । धेरैले बैठक कोठामा वालपेपर टाँस्ने गरेका छन् । सुत्ने कोठमा पनि भित्ता सजाउने चलन बढ्दै गएको छ । त्यसैगरी, दराज, र्‍याकलगायतका फर्निचर र सिलिङमा पनि वालपेपर टाँस्ने गरिन्छ । 

आफ्नो इच्छाअनुसार ‘वालपेपर’मा बुट्टा भर्न सकिन्छ । अहिले फोटो प्रिन्ट गरेर राख्ने चलन पनि बढेको छ । वालपेपरमा थरीथरीका रङ र बुट्टाको विविधता पाइन्छ । जस्तो, बालबालिकाको कोठामा कार्टुन प्रिन्ट भएका ‘वालपेपर’ टाँस्न सकिन्छ । अध्ययन कक्षमा ग्रामीण समाज र संस्कृति वा कुनै सहर झल्कने गरी पेन्ट गर्दा पनि हुन्छ ।

आफ्नो मुड र कोठाको हिसाबले जुनसुकै डिजाइन रोज्न सकिन्छ । तर, घरको लोकेसन र लाइटअनुसार ‘वालपेपर’को छनोट जरुरी हुन्छ । कोठालाई क्लासिकल लुक्स दिने हो भने दमास्क वा फ्लोरल प्याटर्नका वालपेपरले सजाउँदा हुन्छ ।