१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
टिमुर फोमेन्को
२०७९ फाल्गुण २२ सोमबार ०९:२३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिका किन लगाउन चाहन्छ टिकटकमा प्रतिबन्ध ?

गैरराजनीतिक हुँदाहुँदै पनि चीनमा बनेका कारण टिकटक अमेरिकाको तारो बनेको हो

Read Time : > 2 मिनेट
टिमुर फोमेन्को
२०७९ फाल्गुण २२ सोमबार ०९:२३:००

टिकटक विगत एक दशकदेखिको सबैभन्दा सफल सामाजिक सञ्जाल एप हो । टिकटक युवामाझ एक बृहत् परिघटना बनिसकेको छ । अहिले टिकटक विश्वभरि सबैभन्दा धेरै डाउनलोड गरिएको एप बनेको छ । हालको टिकटक कुनै वेलाको फेसबुकजस्तो एप बनेको छ, अर्थात् कैयौँ मानिसले टिकटकलाई जीवनकै एक अवयव बनाएका छन् । 

यद्यपि, यस एपलाई लिएर सबै खुसी भने छैनन् । टिकटकले विश्वव्यापी रूपमा ख्याति हासिल गर्ने पहिलो गैरअमेरिकी सामाजिक सञ्जाल एप बन्ने गौरव हासिल गरेको छ । गैरराजनीतिक हुँदाहुँदै पनि चीनमा बनेका कारण यो एप अमेरिकाको भने तारो बनेको छ । 

अमेरिकी कंग्रेसको एक समितिले हालै एक विधेयकलाई अनुमोदन गरेको छ र यदि यो विधेयक कानुन बनेमा राष्ट्रपतिलाई उपयुक्त लागे टिकटकमाथि प्रतिबन्ध लगाउने अधिकार दिनेछ । यसबाहेक अमेरिकी राष्ट्रपति जो बाइडेन आफैँले संघीय सरकारको स्वामित्वमा रहेका सबै स्मार्टफोनबाट टिकटक एप हटाउन आदेश दिएका छन् । यस निर्णयलाई अन्य पश्चिमा राष्ट्रले पनि अनुकरण गरिरहेका छन् ।

टिकटकलाई निसाना बनाउनुको पछाडिको तर्कअनुसार टिकटकले ‘राष्ट्रिय सुरक्षा खतरा’ निम्त्याएको बताइँदै छ किनभने यो एप ‘चिनियाँ स्वामित्वमा रहेको’ छ । यस सन्दर्भमा जोस हाउले र मार्को रुबियोलगायत अमेरिकाका सबैभन्दा उग्र युद्ध उन्मादी सिनेटरले टिकटकमा प्रतिबन्ध लगाउने योजना कहिल्यै लुकाएनन् । त्यसैगरी, ट्रम्प प्रशासनले अमेरिकामा एपलाई पूर्ण रूपमा गैरकानुनी बनाउने प्रयास गरेको थियो, तर सो प्रयासलाई अदालतमा चुनौती दिएपछि असफल भएको तथ्य कसले बिर्सन सक्ला र ?

वास्तवमा टिकटकले ‘सुरक्षा जोखिम’ खडा गरेको कुनै ठोस प्रमाण छैन । टिकटक केवल चिनियाँ भएकै कारण तथाकथित रूपमा खतरा बनेको छ । वास्तवमा टिकटक कम्पनीले एपमा कुनै सुरक्षा जोखिम छैन भनेर देखाउन र लबी गर्न धेरै मिहिनेत र रकम खर्च गरेको छ । तथापि, यी प्रयासले टिकटकप्रतिको बेतुके अविश्वासलाई रोक्न सकेको छैन । 
सत्य के हो त ? जब चीनसँगको सम्बन्ध र व्यवहारको कुरा आउँछ अमेरिका कहिल्यै तर्कसंगत देखिँदैन ।

मेककार्थिजमको भूतले अमेरिकी राजनीतिक संस्कृतिमा महत्वपूर्ण प्रभाव पार्ने गरेको छ । अर्थात् जब अमेरिकासँग आक्रामक राजनीतिक निर्णयलाई समर्थन गर्न पर्याप्त विश्वसनीय तथ्य हुँदैनन् तब उसले गर्ने निर्णय भावनालाई उत्तेजित बनाउने कोरा दलिलमा आधारित हुने गर्छन् । यी भावनात्मक निर्णय प्रायः डर वा क्रोधबाट उत्प्रेरित हुन्छन्, जहाँ आममानिसलाई आफ्नातर्फ आउन प्रभावित गरिन्छ । यो उत्तर–सत्य विश्व हो र चीन यसको विपरीत ध्रुवमा अवस्थित छ ।

पछिल्ला केही वर्षमा चीनले अन्तर्राष्ट्रियस्तरमा सफलता हासिल गरेको जुनसुकै कुरालाई अमेरिकाले रुचाइरहेको छैन र तुच्छ मान्दै आएको छ । अमेरिकी विदेश नीतिअनुसार ऊ चीनलाई कुनै पनि हालतमा विशेषतः अत्याधुनिक प्राविधिक क्षेत्रमा नियन्त्रण गर्न चाहन्छ । किनभने, बेइजिङको सफलताले अमेरिकी शक्ति र प्रभावलाई उल्लेखनीय रूपमा कम गर्ने देखिन्छ ।

आँकडा नै हेर्ने हो भने हजारौँ चिनियाँ उद्यमलाई अमेरिकाले कालोसूचीमा राखेको छ । बेइजिङको सम्पूर्ण सेमिकन्डक्टर उद्योगलाई तारो बनाउनु हालैका प्रतिबन्धात्मक कार्यमध्ये एक हो । यसअघि वासिङ्टनले हुवावेलाई पनि तहसनहस पार्न खोजेको थियो । जब अमेरिकाले कुनै चिनियाँ कम्पनीलाई हटाउन खोज्छ, तब उसले ती कम्पनीबाट ‘राष्ट्रिय सुरक्षा खतरा’ रहेको अस्पष्ट दाबीसहितको आरोप लगाउँछ । र, हटाउन खोजिएको कम्पनीको चिनियाँ सरकारसँगको ‘सम्बन्ध’का कारण गोपनीयतामा जोखिम हुने भाष्य पनि निर्माण गर्छ ।

यी दाबीमा चिनियाँ फ्रिजले व्यक्तिको जासुसीसमेत गर्न सक्छ भन्ने स्तरका बेतुके तर्कसमेत हुने गर्छन् । यस्ता दाबीका लागि हुने ‘छलफल’मा कुनै विश्वसनीय प्रमाण कहिल्यै प्रस्ताव गरिएको हुँदैन । र, अमेरिकाले यी दाबी तबसम्म दोहो¥याउँछ जबसम्म यो सार्वजनिक बहसमा समाहित हुँदैन वा यी दाबीलाई मूलधारका मिडियाले प्रतिध्वनित गर्दैनन् । यी दाबीका पछाडि वासिङ्टनले चाहेको परराष्ट्र नीतिमा अन्य मुलुकलाई समाहित गर्ने प्रयास झल्किन्छ । यही रणनीतिका कारण अमेरिकाले आफ्ना साझेदार मुलुकलाई आफ्नो फाइभजी नेटवर्कबाट हुवावेलाई हटाउनका लागि मनाउन सफल भएको थियो । 

तथापि, बाइडेन प्रशासनले टिकटकलाई देशव्यापी रूपमा प्रतिबन्ध लगाउनेछ वा छैन भन्नेबारे कुनै निक्र्योल भइसकेको छैन । किनभने, पहिलो त यो सफल चिनियाँ एपको कुनै रणनीतिक योजना अहिलेसम्म प्रमाणित छैन । यसले अमेरिका वा चीनबीचको शक्ति सन्तुलनलाई कुनै पनि किसिमले परिवर्तन गर्दैन अथवा सेमिकन्डक्टरले झैँ सैन्य प्रभाव पार्न सक्दैन ।

दोस्रो, यस्तो प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न सक्छ वा यस्तो कदम असंवैधानिक हुन सक्छ भन्ने गम्भीर तर्क छ । यसलाई यसअघि राष्ट्रपति ट्रम्पले विच्याट र टिकटकमा लगाउन खोजेको प्रतिबन्धलाई अदालतले उल्ट्याएको नजिरले पनि पुष्टि गर्छ । तसर्थ, कंग्रेसले विधेयक पारित गरे पनि पुरानो नजिर बाधक हुने देखिन्छ ।  

वास्तवमा टिकटकप्रतिको आसक्ति सामूहिक मास हिस्टेरियाभन्दा बढी केही होइन र यो आमउन्माद आज अमेरिकामा चीनसँग सम्बन्धित सबै चिजमा देख्न सकिन्छ । तर, यो उन्माद टिकटक प्रतिबन्धमा झल्किन्छ भने यसले आक्रोशको परिस्थिति निम्त्याउनेछ र बाइडेनले युवा मतदाता गुमाउन सक्नेछन् । 

(फोमेन्को राजनीतिक विश्लेषक हुन्) आरटीबाट