Skip This
दोलखा महोत्सव सुरु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २० शनिबार
  • Tuesday, 13 May, 2025
२o७९ फाल्गुण २० शनिबार १२:२५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दोलखा महोत्सव सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २० शनिबार १२:२५:oo

‘कृषि, व्यापार, पर्यटन र पूर्वाधार, समृद्ध दोलखा निर्माणको आधार’ भन्ने मूल नाराका साथ दोलखा महोत्सव सुरु भएको छ। ९ दिनसम्म सञ्चालन हुने महोत्सवको शुक्रबार उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका हुन्।

स्थानीय उत्पादनको प्रवर्द्धन गर्न र जिल्लाको आर्थिक गतिविधिलाई थप चलायमान बनाउन महोत्सव आयोजना गरिएको आयोजक संस्था दोलखा चेम्बर अफ कमर्शले जनाएको छ। महोत्सवमा स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्रीहरूको प्रदर्शनी, पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार हुनेलगायतका स्टलहरू राखिएका छन्।

१३० वटा स्टल राखिएको महोत्सवमा समुन्नत दोलखा निर्माणका लागि विभिन्न विषयमा विज्ञहरूसहितको अन्तर्क्रियालगायतका कार्यक्रमहरू राखिएको चेम्बर अफ कमर्शका महासचिव पाण्डवसिंह पाण्डेले जानकारी दिए। उनका अनुसार महोत्सवको आकर्षणका लागि प्रत्येक दिन राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरूको उपस्थितिमा भव्य सांगीतिक कार्यक्रमहरू भइरहेका छन्।