Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १८ बिहीबार ०८:०६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

२५ फागुनदेखि भैरहवामा जजिराको पुनः नियमित उडान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १८ बिहीबार ०८:०६:००

कुवेतको जजिरा एयरवेजले २५ फागुनदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा पुनः उडान सुरु गर्ने भएको छ । कुवेतबाट भैरहवा सातामा तीन उडान गर्ने जजिराले जनाएको छ । 

भैरहवाबाट कुवेतका लागि मंगलबार, बिहीबार र शनिबार बिहान ८: ०५ बजे उडान गर्ने जजिराको नेपालका लागि जनरल सेल्स एजेन्ट (जिएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजले जनाएको छ । जजिराले भैरहवादेखि कुवेतसम्मको प्रारम्भिक एकतर्फी भाडादर २८ हजार ८३६ रुपैयाँ कायम गरेको छ । 

गौतमबुद्ध विमानस्थल उद्घाटनकै दिनदेखि जजिराले भैरहवामा नियमित उडान गर्दै आएको थियो । तर, हिउँद लागेसँगै भैरहवा क्षेत्रमा बाक्लो हुस्सु लाग्न थालेपछि ६ पुसदेखि जजिराको भैरहवा उडान रोकिएको थियो । 

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँगै देशको समग्र पर्यटनमा सहयोग गर्ने जजिराको प्रतिबद्धताअनुसार मध्यपूर्वमा बसोवास गर्ने भारतीयहरूका बीचमा लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थल र आध्यात्मिक गन्तव्यको रूपमा प्रवद्र्धन गर्दै छौँ,’ सोसाइटी इन्टरनेसनल ट्राभलका अध्यक्ष रविचन्द्र सिंहले भने, ‘यो प्रवद्र्धनबाट गौतमबुद्ध विमानस्थलमा पर्यटक आवागमन बढ्नुका साथै पश्चिम भेगको पर्यटकीय विकास र राष्ट्रको समग्र आर्थिक वृद्धिमा सहयोग पुर्‍याउँछ भन्ने विश्वास छ ।’