
प्रदेश १ काे प्रदेश सभा बैठक सुरु भएको छ। यससँगै प्रदेशको नामकरण प्रक्रिया अघि बढेको छ।
आज प्रदेश सभा बैठकमा नामकरणमाथि निर्णायक छलफल हुँदै छ। आजै नामकरणसम्बन्धी दुईवटा प्रस्ताव दर्ता भइसकेका छन्।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रदेश सरकारले विराटनगरमा निषेधाज्ञा जारी गरेको छ।
एकीकृत समाजवादी र जसपाले प्रदेशको नाम किराँत लिम्बुवान सगरमाथा नामकरण गरी प्रस्ताव दर्ता गराएका हुन्।
यस्तै एमालेले प्रदेशको नाम कोसी राख्ने प्रस्ताव दर्ता गराइसकेको छ। एमालेकाे प्रस्तावमा कांग्रेस र माओवादी केन्द्रले सहमति जनाइसकेका छन्।