Skip This
सरकारले छुटेका सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १६ मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १६ मंगलबार १८:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले छुटेका सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १६ मंगलबार १८:o२:oo

सरकारले विभिन्न मितिमा घोषणा भएका सहिदहरूको नाम नेपाल राजपत्रमा प्रकाशित गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहिद घोषणा भई राजपत्रमा नाम प्रकाशन हुन बाँकी रहेकाहरूको नाम प्रकाशित गर्ने निर्णय गरेको हो।

‘आन्दोलनमा को–कतिको मृत्युभन्दा पनि के–कतिलाई सहिद घोषणा गरिएको थियो भन्ने आधारमा नाम प्रकाशन हुनेछ,’ मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले बताइन्।