Skip This
सप्तरीमा सवारी दुर्घटनामा तीनको मृत्यु, १२ जना घाइते
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १६ मंगलबार
  • Tuesday, 13 May, 2025
२o७९ फाल्गुण १६ मंगलबार ११:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सप्तरीमा सवारी दुर्घटनामा तीनको मृत्यु, १२ जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १६ मंगलबार ११:४४:oo

सप्तरीको कञ्चनरूप नगरपालिकामा आज बिहान भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।

कञ्चनरूप– ९ विष्णु मन्दिरनजिक पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको घोडा बोकेको प्र२–०२–००१च ०७४६ नम्बरको बोलेरो पिकअप र पश्चिमबाट पूर्व जाँदै गरेको बा१८च ६६१७ नम्बरको स्कारपियो एक–आपसमा ठक्कर खाँदा उनीहरूको मृत्यु भएको हो।

सप्तरी प्रहरीका अनुसार स्कारपियोमा सवार सुनसरीको दुहबी नगरपालिका– ३ का सञ्जय चौधरी, राजकुमारी चौधरी र हरेराम साहको घटनास्थलमै मृत्यु भएको हो।

बोलेरो पिकअपमा रहेका दुई घोडामध्ये एउटा उछिट्टिएर सडकमा पछारिँदा तत्कालै मृत्यु भएको छ। दुवै सवारीमा सवार १२ जना घाइते भएका छन्। 

उनीहरूलाई उपचारका लागि स्थानीय धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि विराटनगर पठाइएको छ।