Skip This
‘केन्द्र र प्रदेश फरक हो, तत्काल सरकार छोड्दैनौँ’ 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १५ सोमबार
  • Tuesday, 13 May, 2025
२o७९ फाल्गुण १५ सोमबार २o:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘केन्द्र र प्रदेश फरक हो, तत्काल सरकार छोड्दैनौँ’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १५ सोमबार २o:५२:oo

केन्द्रीय राजनीतिको कोर्स परिवर्तन भएसँगै संघीय सरकारबाट बाहिरिएको एमाले बागमती प्रदेश सरकारबाट भने तत्काल नबाहिरिने भएको छ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता एवं प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले नयाँ पत्रिकासँग कुरा गर्दै तत्काल प्रदेश सरकारबाट बाहिरिने कुनै निर्णय नभएको बताए। 

पार्टीले केन्द्रीय सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको भए पनि प्रदेशमा त्यस्तो केही नभएको उनको भनाइ छ। उनले प्रदेशमा तत्कालै छोडिहाल्ने निर्णय नभएको स्पष्ट पारे।

‘हामीले तत्काल प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेका छैनौँ। र, सरकार छोड्दैनौँ। केन्द्र र प्रदेशको कुरा फरक छ। केन्द्रमा सत्तासमीकरण परिवर्तन हुँदैमा प्रदेशमा पनि हुनुपर्छ भन्ने छैन,’ मन्त्री थपलियाले भने।

उनले अर्को कुनै घटना नभएसम्म सरकार छोड्ने मनस्थितिमा आफूहरू नरहेको बताए। मन्त्री थपलियाले प्रदेशको विषयमा पार्टीको प्रदेश समितिले नै निर्णय गर्ने भएकाले बदलिएको राजनीतिको बारेमा छलफल भइरहेको तर सरकार छोड्ने कुरा नभएको स्पष्ट पारे।