मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ फाल्गुण १३ शनिबार १३:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१५ सय किलो गाँजा र १३ किलो चरेससहित मकवानपुरबाट पाँचजना पक्राउ

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण १३ शनिबार १३:५९:००

मकवानपुरको कैलाश गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा, चरेस र हतियारसहित पाँचजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले कैलाश गाउँपालिका– ६ दुम्सीखर्कबाट गाँजा, चरेस र दुईवटा बन्दुकसहित पाँचजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक एवं निमित्त प्रहरी प्रवक्ता रामचन्द्र घिमिरेले जानकारी दिए ।

प्रहरी प्रवक्ता घिमिरेका अनुसार प्रहरीले विशेष सूचनाको आधारमा स्थानीय जितबहादुर मोक्तानको घरनजिकै रहेको गोठबाट १५ सय १५ केजी गाँजा र १३ किलो चरेस फेला पारेको हो। मोक्तानको घर खानतलासी गर्दा १ थान भरुवा बन्दुक, एक थान सेमी–अटोमेटिक पेस्तोल र पेस्तोलमा लाग्ने छ राउन्ड गोलीसमेत फेला पारेको घिमिरेले जानकारी दिए।

प्रहरीले मोक्तानसहित कैलाश गाउँपालिका– १ बस्ने २८ वर्षका विजय गोले, ४० वर्षका रत्न घले, २२ वर्षका अशोक घले र २२ वर्षकै शिखर घलेलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूको बारेमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रवक्ता घिमिरेले जानकारी दिए।