Skip This
जी–२० अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री पौडेल भारत प्रस्थान
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जी–२० अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री पौडेल भारत प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४७:oo

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गरेका छन् । जी–२० का अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिन उनी भारत गएका हुन् ।

जी–२० अर्थमन्त्रीहरूको सम्मेलन फागुन १२ र १३ गते भारतको बेंङलुरूमा हुँदै छ । सम्मेलनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतलगायत विभिन्न देशका समकक्षीहरूसँग छलफल गर्ने कार्यक्रम छ ।

उपप्रधान तथा अर्थमन्त्री पौडेलसँगै अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि भारत गएका छन् । नेपाल जी–२० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको वेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो ।

जी–२० मा भारत, चीन, जापान, अमेरिका, बेलायतलगायतका राष्ट्रहरू छन् । मन्त्री पौडेल फागुन १३  गते स्वदेश फर्कनेछन् ।