मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ फाल्गुण ७ आइतबार ११:५५:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

प्रदेशस्तरीय आर्चरी प्रतियोगिता : महिलातर्फ कास्कीकी आले र पुरुषतर्फ बागलुङका घर्तीमगरले जिते उपाधि

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण ७ आइतबार ११:५५:००

गण्डकी प्रदेशस्तरीय दोस्राे खुला आर्चरी प्रतियोगिता २०७९ अन्तर्गत रिकर्ब खुला महिलातर्फ कास्कीकी केशरीमाया आलेमगर र पुरुषतर्फ बागलुङका दुर्गा घर्तीमगरले उपाधि हात पारेका छन् ।

महिलातर्फ मगरले कास्कीकै अनुस्का शेरचनलाई ७–३ को अंकमा पराजित गर्दै उपाधि हात पारेकी हुन् । कास्कीकी रोजिना थापाले ६–४ अंकसहित विष्णुमाया लिम्बूलाई पराजित गर्दै तेस्रो स्थान हात पारिन् ।

पुरुषतर्फ बागलुङका दुर्गाले बागलुङकै खड्गबहादुर घर्तीमगरलाई ६–० अंकले पराजित गर्दै उपाधि जितेका हुन् । कास्कीका सुमन गुरुङले कास्कीकै अशिम शेरचनलाई ६–४ अंकले पराजित गर्दै तेस्रो स्थान हात पारे ।

पुरुष स्ट्यान्डर्ड विधातर्फ बागलुङका हिकमत पुरीले कास्कीका कुमार पुर्जालाई ६–२ अंकले पराजित गर्दै प्रथम हुँदा बागलुङका मुकेश रोकामगर रेशम पुर्जा पुनलाई ७–५ अंकले पराजित गर्दै तेस्रो भए ।

विजेता खेलाडीहरूमध्ये रिकर्ब ओपन पुरुषतर्फको उपाधिसँगै विजेताले ३०, दोस्रोले २० र तेस्रोले १५ हजार प्राप्त गरेका कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए । महिलातर्फ विजेताले १५, दोस्रोले १० र तेस्रोले पाँच हजार तथा स्ट्यान्डर्ड पुरुषतर्फ विजेताले २०, दोस्रोले १५ र तेस्रोले १० हजार नगद पुरस्कार पाए ।


प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना, प्रदेश आर्चरी संघको संयोजन, नेपाल आर्चरी संघको समन्वय, कास्की जिल्ला आर्चरी संघको सहआयोजना र अन्नपूर्ण आर्चरी क्लबको व्यवस्थापनमा भएको प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाका ८९ खेलाडी सहभागी थिए ।