१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 26 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:१o:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

स्वस्थ जीवनका लागि बिहानको व्यवस्थित रुटिन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:१o:oo

दैनिकी राम्रो बनाउन मानिसले आहार, बिहार र विचारलाई सन्तुलनमा राख्नुपर्छ । जसका लागि हामीले दैनिक रुटिन बनाएर त्यसलाई पालना गर्नु राम्रो हुन्छ । 

राम्रो निद्रा 
पहिलो कुरा त बिहान राम्रो हुनका लागि तपाईंको निद्रा राम्ररी पुगेको हुनुपर्छ । एक वयस्क व्यक्तिले कम्तीमा आठ घन्टा सुत्न जरुरी छ । त्यसैले रातको समय कठिन व्यायाम गर्ने, अधिक समय टिभी हेर्ने वा मोबाइलमा बिताउने नगर्नुस् । बिहान तपाईं उठ्दा आठ घन्टाको निद्रा पुगेको हुनुपर्ने भएकाले बेलुकी चाँडै सुत्नुस् । 

उठ्नेबित्तिकै मनतातो पानी 
बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउनुस् । तपाईंको स्वास्थ्य राम्रो हुनका लागि शरीर हाइड्रेट हुन जरुरी छ । । कागतीपानी पिउँदा पनि हुन्छ । त्यसपछि अर्गानिक चिया पिउन पनि सक्नुहुन्छ । 

वातावरण 
तपाईंले आफ्नो कोठाको वातावरणलाई पनि स्वच्छ राख्न जरुरी छ । त्यसका लागि बिहान ओछ्यान मिलाउने, कोठा सफा गर्नेजस्ता गतिविधि गर्न सक्नुहुन्छ । यसले तपाईंलाई शारीरिक र मानसिक रूपमा ऊर्जावान् बनाउँछ । हामीले कस्तो वातावरण बनाउने भन्ने कुराले जीवनमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले हरेक दिनको सुरुवात कोठाका सामान मिलाएर गर्न सक्नुहुन्छ । सामान भद्रगोल हुँदा हाम्रो मानसिकता पनि भद्रगोल हुन्छ र सामान अर्डरमा रहँदा हाम्रो मानसिकता पनि सकारात्मक भएर जान्छ । सम्भव भएसम्म स्वच्छ हावा आउने, अक्सिजनको प्रवाह हुने ठाउँमा बस्नुपर्छ । सहरी क्षेत्रमा इन्डोर प्लान्ट्स रोप्न सकिन्छ । यसले अक्सिजनको पर्याप्त प्रवाह गर्छ र प्राकृतिक वातावरणको महसुस गराउँछ । 

योग/ध्यान 
तपाईंले योग र ध्यानलाई आफ्नो दैनिक रुटिनमा समावेश गर्नुपर्छ । योगले तपाईंको शरीरलाई स्वस्थ राख्छ । त्यस्तै, ध्यानले मस्तिष्कको कार्यक्षमता बढाउँछ । त्यसैले दैनिक कम्तीमा आधा घन्टा योग वा ध्यानका लागि छुट्याउनुस् । 

स्वस्थ ब्रेकफास्ट
ब्रेकफास्टमा के लिने भन्ने कुरा सधैँ महत्वपूर्ण हुन्छ । हामीले जस्तो खान्छौँ, हाम्रो प्रवृत्ति र मन पनि त्यस्तै बन्छ । जंकफुड तथा मसलेदार खानेकुराबाट सकभर टाढा रहनु राम्रो हुन्छ । घरमै बनाएको खानेकुरा खानुपर्छ । हामीले रेसायुक्त खानेकुरा अत्यधिक खान जरुरी छ । बोक्रासहितका फलफूल, सागपात, ह्वाइट राइसको साटो ब्राउन राइस, मैदाको साटो आँटालगायतले स्वास्थ्यलाई राम्रो गर्छ । काजु, बदामलगायत ड्राइफुड खानुपर्छ । ओखर, फर्सीको बियाँले स्मरणशक्ति बढाउने हुँदा यस्ता खानेकुरा ब्रेकफास्टमा समावेश गर्नु राम्रो हुन्छ । 

विचार
सबैभन्दा ठूलो शक्ति विचारकै हो । बुद्धले पनि जे सोच्छौं, त्यही बन्छौं भनेका छन् । हामीले जे कुरा दोहोर्‍याउँछौं । हाम्रो जीवन पद्धति पनि त्यस्तै बन्न पुग्छ । त्यसैले हामीले सधैं सकारात्मक सोच्नुपर्छ । हरेक दिन तनाव बोकेर उठ्यौं भने जीवनशैली पनि बिग्रदैं जान्छ । विभिन्न परिस्थितीबाट विचलित हुने र त्यसैमा घोत्लिने गर्न थाल्यौं भने नकारात्मक विचार हाबी हुन्छ । त्यसैले हामीले सकारात्मक सोच्नुपर्छ । बारम्बार सकारात्मक कुरालाई मात्रै दोहोर्‍याउनुपर्छ । जसले सकारात्मक उर्जा दिने हर्मोनहरू शरीरमा सक्रिय गराउँछ ।