Skip This
स्वार्थलाई तिलाञ्जली दिए काम गर्न सकिन्छ : मन्त्री किराँती 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format २o:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वार्थलाई तिलाञ्जली दिए काम गर्न सकिन्छ : मन्त्री किराँती 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:o४:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले व्यक्तिगत स्वास्थ्यलाई तिलाञ्जली दिए केही गर्न सकिने बताएका छन्। उनले नेतृत्वले स्वार्थ त्यागे जनताका निरासालाई केही आसा जगाउन सकिने बताएका हुन्। 

२८ औँ जनयुद्ध दिवसको अवसरमा पूर्वजनमुक्ति सेनाले गरेको प्रदेशस्तरीय जनमुक्ति सेना पुनर्मिलन कार्यक्रममा बोल्दै उनले सहिदले देखेको सपनाको बाटोबाट विचलित हुने छुट नभएको बताए। 

‘कर्णालीजस्तो सपना आज ढलजस्तो किन भयो? हिजो जीवन त्याग्न तयार भएर हिँडेका हामी आज स्वार्थलाई तिलाञ्जली दिन तयार भए धेरै नभए पनि थोरै परिवर्तन गर्न सकिन्छ,’ मन्त्री किराँतीले भने। 

मन्त्री किराँतीले माओवादीको जनयुद्धको समयमा विगतमा ब्रिगेड र डिभिजन रहेको २८ स्थानमा युद्ध पर्यटकीय स्थल निर्माण गर्नुपर्ने बताएका छन्। उनले यसबारेमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रस्ताव लैजाने बताए। 

‘जनयुद्धले २४० वर्षको राजतन्त्र फाल्यो। इतिहासलाई हामीले संरक्षण गर्नुपर्छ। जनयुद्धमा सातवटा डिभिजन र २१ वटा ब्रिगेड गरी २८ वटा थिए। हाइवे रेन्जमा पूर्वबाट पश्चिमसम्म छुन्छ। यसलाई पार्कको रूपमा, युद्ध म्युजियमको रूपमा विकास गर्नुपर्छ,’ उनले भने, ‘पूर्व र पश्चिमबाट एउटा-एउटा बस चलाएर सर्किट बनाउन सके पाँच-सात दिनको भिजिट हुन्छ भनेर गर्न जरुरी छ । यसलाई म प्रधानमन्त्री तथा पार्टी अध्यक्षज्यूसँग पनि कुरा गर्छु।’

मन्त्री किराँतीले माओवादीले जनयुद्धको थालनी गरेर आत्मपश्चाताप गर्ने काम नगरेको दाबी गरे। उनले राजतन्त्र फाल्न जनयुद्धले भूमिका खेलेको पनि बताए। 

उनले समयक्रमसँगै टुटफुट भएका माओवादीहरू अब एक ठाउँमा आउनुपर्ने बताए। सदृढ एकताको बाटोले मात्र सहिदको सपना साकार गर्ने मन्त्री किराँतीको भनाइ थियो।