Skip This
कोठामा रङअनुसारको प्रभाव, कुन कोठामा कस्तो रङ उपयुक्त ?
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:१o:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कोठामा रङअनुसारको प्रभाव, कुन कोठामा कस्तो रङ उपयुक्त ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:१o:oo

घरमा कोठाको रङ संयोजनलाई महत्वका साथ हेरिन्छ । किनभने, घरसँग मानिसको मनोविज्ञान जोडिएको हुन्छ । घरभित्र र बाहिरको वातावरणले व्यक्तिको मानसिकतामा पनि प्रभाव पारिरहेको हुन्छ । 

सलिजा श्रेष्ठ, इन्टेरियर डिजाइनर सलिजा डिजाइन्स 

अधिकांशले आफ्नो घरलाई सुन्दर बनाउन हरसम्भव प्रयास पनि गरिरहेका हुन्छन् । चाडपर्वमा घरको सजावटमा अझ धेरै ध्यान दिन्छन् । घर सजावटका लागि घरमा राखिने फर्निचर, प्रयोग गरिने पर्दा, लुगा, कार्पेट, अन्य सजावटका सामग्रीलाई उत्तिकै महत्व दिइन्छ । त्यस्तै, घरमा सामान राख्दा रङको संयोजन कसरी गर्ने भन्ने कुरा झनै महत्वपूर्ण हुन्छ । घरभित्रको डिजाइन गर्दा कलर मिलाउन सकिएन भने घर नराम्रो देखिन सक्छ । आकर्षक देखाउनका लागि भित्ताको रङ, फर्निचर, कार्पेट, पर्दा र अन्य सामानसँग मिल्ने हुनुपर्छ । 

तपाईं कुनै कोठामा आँखालाई शीतल हुने र मन शान्त हुने रङ प्रयोग गर्नुपर्छ । घर जाँदा सकारात्मक महसुस हुने हुनुपर्छ । घर दिनभरिको थकान लिएर पुग्छौँ । त्यसैले घर छिर्दा आरामदायी हुनुपर्छ । पछिल्लो समय घरमा न्युट्रल कलर प्रयोग गर्ने चलन बढेको छ । धेरै रंगीचंगी वा अति रातो, हरियो वा नीलो कलर राख्ने चलन बिस्तारै हट्दै गइरहेको छ । न्युट्रल अर्थात् हल्का खालको देखिने कलरको संयोजनले कोठालाई शान्त र प्राकृतिक देखाउँछ ।

बेडरुम
बेडरुममा कलर मिलाउँदा ध्यान दिन जरुरी छ । रङले व्यक्तिको मनोविज्ञानमा प्रभाव पार्छ । हल्का नीलो, गुलाबी, पहेँलो कलर संयोजन गर्न सकिन्छ । सुत्ने कोठाको कलर उमेरअनुसार पनि फरक हुने गर्छ । त्यसैले सोचाइ, मनोविज्ञान, स्वास्थ्य अवस्था आदिलाई ध्यानमा राखेर कलर प्रयोग गर्दा राम्रो हुन्छ । 

बैठक कोठा
बैठक कोठा खुला, उज्यालो र सहज लाग्ने हुनुपर्छ । यसका लागि भित्ताको कलर चम्किलो भएमा सोफा, टेबल र दराज आदिको कलर हलुका प्रयोग गर्ने । धेरै चम्किलो रङ पनि असहज लाग्ने खालको हुन्छ । तसर्थ, बैठक कोठामा भित्ताको कलर अति चम्किलो राख्नुहुँदैन । यदि बाहिरको प्रकाश सजिलै भित्र नछिर्ने ठाउँमा छ भने भित्ताको कलर हाइलाइट गर्न सकिन्छ । 

भान्साकोठा
कोठाको साइजअनुसार कलर गरेर भान्सालाई आकर्षक बनाउन सकिन्छ । वास्तुशास्त्रले पनि कोठाको सजावटमा कलर संयोजनलाई अर्थपूर्ण मानेको छ । भान्सामा सुन्तला र पहेँलो कलर राख्न सकिन्छ । तर, भान्सामा प्रयोग गरिने रङ गाढा हुन आवश्यक छ ।

कुन रङ बढी प्रयोग हुन्छ ? 
- सेतो र गाढा खैरो प्रयोग गर्दा राम्रो हुन्छ । यसले रोयल लुक्स दिन्छ । सकारात्मक ऊर्जा प्रदान गर्छ । 
- बेडरुममा गाढा पहेँलो रङ छनोट गर्दा राम्रो हुन्छ । यसले मनमा शान्ति दिलाउँछ । 
- हरियो रङ शान्तिको प्रतीक हो । यस्तो रङको प्रयोगले प्रेम सिकाउँछ । हरियो रङ आँखाका लागि पनि निकै आरामदायी मानिन्छ । 
- पर्पल अर्थात् प्याजी रङले विलासिता तथा सिर्जनशीलताको प्रतिनिधित्व गर्छ ।