१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १८:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

अस्ट्रेलियाविरुद्धको टेस्टमा भारतको सहज जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १८:o६:oo

भारतले अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा सहज जित हासिल गरेको छ । स्पिनरद्वय रविचन्द्रन आश्विन र रवीन्द्र जडेजा चम्किएपछि भारतले अस्ट्रेलियालाई एक इनिङ र १३२ रनले हरायो ।

भारतको नागपुर टेस्ट जितेसँगै भारतले चार टेस्टको शृंखलामा १–० ले अग्रता लिएको छ । आज तेस्रो दिन २२३ रनले पछि परेको स्थितिमा दोस्रो इनिङ सुरु गरेको अस्ट्रेलिया ९१ रनमा अलआउट भएपछि भारतले सहज जित हासिल गरेको हो । 

टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलिया पहिलो इनिङमा १७७ रनमा अलआउट भएको थियो । जडेजाले ५ र आश्विनले ३ विकेट लिएपछि अस्ट्रेलिया सस्तैमा समेटिएको थियो । 

जवाफी ब्याटिङमा भारतले चार सय रन बनाएपछि इनिङ डिक्लियर गरेको थियो । 
भारतका लागि कप्तान रोहित शर्माले एक सय २०, अक्षर पटेलले ८४ र जडेजाले ७० रनको योगदान गरे । 

अस्ट्रेलियाको तर्फबाट पहिलो टेस्ट खेलिरहेका स्पिनर टड मर्फीले सात विकेट लिए । तर, दोस्रो इनिङमा अस्ट्रेलिया झन् सस्तैमा समेटियो । दोस्रो इनिङमा अस्ट्रेलियाका स्मिथले सर्वाधिक २५ रन बनाए । चार टेस्टम्याचको शृंखलाको दोस्रो टेस्टम्याच आगामी शुक्रबारबाट हुनेछ । 

ad
ad