मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ माघ २८ शनिबार १६:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खेलकुद पत्रकार महासंघ पर्साको अध्यक्षमा तिवारी यादव

Read Time : < 1 मिनेट
२०७९ माघ २८ शनिबार १६:०६:००

नेपाल खेलकुद पत्रकार महासंघको पर्सा शाखा गठन गरिएको छ । तिवारी यादवको अध्यक्षतामा शनिबार महासंघको पर्सा शाखा गठन गरिएको हो ।

नवगठित समितिको उपाध्यक्षमा सुश्मा शर्मा र अमित अग्रवाल, सचिवमा श्याम कुशवाहा, सहसचिवमा कृष्ण कुशवाहा र विमला गुप्ता तथा कोषाध्यक्षमा सन्तोष पटेल चयन भएका छन् । त्यसैगरी, कार्यसमिति सदस्यहरूमा आबिद हुसेन, निलम चौधरी, सुवास राम, नितेश कर्ण र अर्जुन गुप्ता रहेका छन् ।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित कार्यक्रममा पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य मानदेव हाजरा, पर्सा क्रिकेट संघका वरिष्ठ उपाध्यक्ष मुर्तुजा हवारीलगायतको उपस्थिति थियो ।