१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन के‍सी अर्घाखाँची
२०७९ माघ २८ शनिबार १५:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अर्घाखाँचीमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

Read Time : < 1 मिनेट
नवीन के‍सी, अर्घाखाँची
२०७९ माघ २८ शनिबार १५:१८:००

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

पाणिनी गाउँपालिका– ८ पालीमा शनिबार बिहान लु २ त ९२७१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय हुमबहादुर कुमालको मृत्यु भएको हो । उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टरचालक २२ वर्षीय चामबहादुर कुमाल र ३९ वर्षीय शंकरबहादुर कुमाल घाइते छन् । उनीहरूलाई उपचारको लागि पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

पालीको तल्लो पंगेनीबाट दाउरा लिन जाँदै गरेको ट्रयाक्टरको ब्रेक फेल भई बाटोबाट अन्दाजी १५० मिटर तल खसी दुर्घटना भएको थियो ।