मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ २५ बुधबार १०:००:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बिरुवाले सजाउनुस् बैठक कोठा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ २५ बुधबार १०:००:००

फिलोडेन्ड्रोन : यो सदाबहार बिरुवा हो । यसको हेरचाह गर्न सजिलो छ । यसले कोठाको तापक्रमअनुसार आफूलाई ‘एडजस्ट’ गर्न सक्छ । यो प्लान्ट सधैँ सफा देखिन्छ । फिलोडेन्ड्रोन धेरै किसिमका पाइन्छन् । झट्टा हेर्दा निकै आकर्षक देखिन्छ । पानीको लेभल कम हुन नदिन वेलावेलामा हेर्नुपर्छ र पानी थपिदिनुपर्छ । 

स्नेक प्लान्ट : यो प्लान्ट झट्टा हेर्दा निकै आकर्षक देखिन्छ । स्नेक प्लान्टले रातमा अक्सिजन फाल्ने भएकाले सुत्ने कोठामा राख्दा राम्रो मानिन्छ । यो प्लान्टले वातावरणको हावा शुद्ध गर्छ भन्ने वैज्ञानिक मान्यता पनि छ । यसले तनावरहित र ऊर्जावान् बनाउन सहयोग गर्छ । यसलाई पहिले पानीमा बिरुवा उमारेपछि मात्र माटोमा सार्नुपर्छ । स्नेक प्लान्टलाई हेरचाह गर्न गाह्रो छैन । यसलाई हल्का घामको आवश्यकता पर्छ । समय–समयमा यसका पात काटिरहनुपर्छ । यो बिरुवालाई एकदमै सुक्खा हुन दिनुपर्छ । यसलाई महिनाको दुईपटक पानी हाल्दा पुग्छ । 

पोथोस : यसको बिरुवालाई विशेष गरी झ्याल, सिँढी वा टेबल, र्‍याकमाथि राख्न सकिन्छ । यो लहरिएर जान्छ र फैलिन्छ । त्यसकारण पनि डोरीको सहायतामा फैलाउन पनि सकिन्छ । यसले पूरै कोठालाई ताजगी प्रदान गरेको अनुभव गराउँछ । यो प्लान्ट राखेको क्षेत्र उज्यालो हुन्छ । यसलाई बैठक कोठा वा सुत्ने कोठामा सजाउँदा हुन्छ । चामाडोरा पाम, सिफोडिया पाम, फिलडल लिफ, रबर प्लान्ट, मोनेस्टेरा, फिलोडेन्ड्रनलगायत विभिन्न थरीका इन्डोर प्लान्ट्सहरू प्रचलित छन् । सानो कदका इन्डोर प्लान्ट पिस लिली, एन्थोरियम, स्पाइकर प्लान्ट, डाइफेनवेसिया, मनी ट्रीलगायतका बिरुवा पनि रोप्न सकिन्छ ।