Skip This
समिति सभापतिमा सबैको दाबी, प्रदेश सभा बैठक प्रभावित
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १९:o१:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

समिति सभापतिमा सबैको दाबी, प्रदेश सभा बैठक प्रभावित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:o१:oo

प्रदेश सभाका संसदीय समितिहरूमा दलहरूले दाबी नछाडेपछि सहमति नजुट्दा बागमती प्रदेश सभाको आजको बैठक प्रभावित भएको छ। 

आज मध्याह्नका लागि आह्वान गरिएको बैठक पटक-पटक सारेर सहमतिको प्रयास गर्दा पनि दलहरूबीच सहमति जुट्न सकेन। 

आज मध्याह्न बैठक बस्नुअघि बैठकको कार्यसूचीमाथि छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको थियो। एक सांसदका अनुसार बैठकमा कांग्रेसले पाँचवटै समितिको सभापतिमा दाबी पेस गर्यो। नेकपा एकीकृत समाजवादी र नेपाल मजदुर किसान पार्टीले पनि एक–एक समितिमा दाबी पेस गरे। 

आफू सभाको सबैभन्दा ठूलो प्रमुख प्रतिपक्षी दल भएकाले पाँचवटै समितिको सभापतिमा आफ्नो दाबी रहेको कांग्रेसको भनाइ थियो। सत्तापक्षले सरकार चलाउने र प्रतिपक्षले संसद् चलाउने अभ्यास रहँदै आएकाले आफूहरूले समितिको सभापतिमा दाबी पेस गरेको कांग्रेसका प्रमुख सचेतक कुन्दन काफ्लेले बताए। 

एकीकृत समाजवादीका सांसद कृष्ण खनालले आफूहरू पनि प्रतिपक्षी दल भएकाले सार्वजनिक लेखा समितिको सभापति आफ्नो दलले पाउनुपर्ने दाबी गरे। लेखा समितिको सभापति नपाए कुनै पनि समितिमा आफ्नो दलबाट सदस्य नपठाउने उनको भनाइ थियो।  

नेमकिपाले भने प्रदेश सभामा आफू मात्र प्रतिपक्षी दल भएकाले सार्वजनिक लेखा समितिको सभापतिमा आफ्नो दलको दाबी स्वाभाविक रहेको बतायो। मुख्यमन्त्रीलाई विश्वासको मत दिएकाले कांग्रेस र एकीकृत समाजवादी पनि सत्तापक्षीय दल भएको नेमकिपाको भनाइ थियो। 

यसरी दलहरू अडानमा रहेपछि दिउँसो ४ बजेका लागि सभाको बैठक बोलाउने गरी स्थगित गरियो। त्यसपछि तीन बजे दलहरू पुनः छलफलमा बसे। तर, फेरि पनि सबै आआफ्ना अडानमा रहेपछि सहमति जुट्न सकेन। र, बैठक २६ सम्मका लागि स्थगित गरियो। 

आज सहमति जुट्न नसके पनि प्रदेश सभामा रहेका दलका नेताहरूले यसबीच पनि छलफल गरेर सहमतिमा पुग्न प्रयास गरिने बताएका छन्।