मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २३ सोमबार १०:४३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल लाइफको नाफा २३७.२९% वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २३ सोमबार १०:४३:००

नेपाल लाइफ इन्स्योरेन्सले चालू आवको दोस्रो त्रैमासमा २३७.२९ प्रतिशते खुद नाफामा वृद्धि गरेको छ । कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ४४ करोड खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड पाँच लाख खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा १८ अर्ब ६२ करोड ७४ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ भने आठ अर्ब ४४ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १६ प्रतिशतले बढेको छ । पुस मसान्तसम्म कम्पनीको लगानी २०.४६ प्रतिशत बढेर एक खर्ब ५६ करोड ४५ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।  

यस अवधिमा कम्पनीको चुक्ता पुँजी १४ प्रतिशत बढेर आठ अर्ब २० करोड ७९ लाख ६६ हजार पुगेको छ । जीवन बिमा कोष २१ प्रतिशत बढेर एक खर्ब ५० अर्ब ८५ करोड ६४ लाख ८२ हजार रुपैयाँ र महाविपत्ति कोष १६ प्रतिशत बढेर ८३ करोड ३६ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।

त्यसैगरी, समीक्षा अवधिमा २१औँ तथा २२औँ वार्षिक साधारणसभा सम्पन्न गरी लाभांश वितरण गरिसकिएकाले जगेडा कोष ४८ करोड चार लाख ४९ हजार रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १०.७३ रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ११६.०१ रुपैयाँ र मूल्य अनुपात आम्दानी ६८.४४ गुणा रहेको छ ।