१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २२ आइतबार १२:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रूपमा विकास गर्न सकिन्छ : मन्त्री खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २२ आइतबार १२:०६:००

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रूपमा विकास गर्न सकिने बताएका छन्।

आइतबार उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले गरेको शैक्षिक छलफल तथा शिक्षामन्त्रीको सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले नेपाली विद्यार्थीलाई उच्च शिक्षाका लागि विदेश पठाउने नभई विदेशबाट विद्यार्थी नेपाल ल्याउन सक्ने गरी नीति, निर्माण गर्नुपर्ने बताए। 

प्राथमिक र आधारभूत विद्यालय तहमा नै शैक्षिक गुणस्तरको विकास गर्नुपर्ने उनको जोड थियो। उनले नेपाल भौगोलिक बनावटका आधारमा पनि शैक्षिक हब बन्न योग्य रहेको भन्दै सोहीअनुरूप शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताए।

मन्त्री खनालले आगामी दिनमा निजी शिक्षालाई प्रवर्द्धन गर्न आवश्यक नीति–नियम स्पष्ट हुन आवश्यक रहेको बताए।