Skip This
परराष्ट्रमन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्रीबीच भेट 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २१ शनिबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ माघ २१ शनिबार o८:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्रीबीच भेट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ माघ २१ शनिबार o८:o१:oo

परराष्ट्रमन्त्री डा .बिमला राई पौड्यालले श्रीलंकाकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग शिष्टाचार भेट गरेकी छिन् ।श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पौड्यालले गएराती त्यहाँका प्रधानमन्त्रीसँग भेट गरी दुई देशबीचको आपसी सबन्ध र सहकार्यका विषयमा छलफल गरिन् । 

श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेले नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेकाले आपसमा सहार्य गरी अघि बढ्ने प्रतिवद्धता जनाए ।  प्रधानमन्त्रीसँगको भेटअघि  परराष्ट्रमन्त्री पौड्यालले श्रीलंकाका विदेशमन्त्री एमयूएम अली सब्रिसँग भेट गरिन् ।

हिजै उनी श्रीलंकाको स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा आयोजना गरिएको  सांस्कृतिक कार्यक्रममा सहभागी भइन् ।परराष्ट्रमन्त्री पौड्याल आज विहानै सुर्योदयसँगै  श्रीलंकाको स्वतन्त्र दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा परराष्ट्रमन्त्री सहभागी भइन् । 

उनले आज दिउँसो श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शिष्टाचार भेट गर्नेछन् ।