मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ९ सोमबार १७:२८:००
Read Time : < 1 मिनेट
प्रदेश

महाकाली बाढी पीडितलाई राहत दिन दृढ छु : प्रधानमन्त्री ओली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ९ सोमबार १७:२८:००

प्रधानमन्त्री केपी ओलीले महाकाली बाढी पीडितलाई राहत उपलब्ध गराउन आफू दृढ रहेको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा महाकाली बाढी पीडित विपत व्यवस्थापन संघर्ष समितिको चार बुँदे ज्ञापनपत्र बुझ्दै यस्तो आश्वासन दिएका हुन् । उनले लामो समयसम्म पीडितले राहत नपाएकामा आफू जानकार रहेको बताउँदै उक्त कामलाई अगाडि बढाउने बताए । 

प्रतिनिधि सभाका सांसद गणेशसिंह ठगुन्नाले बिगतमा सरकारले राहत दिने निर्णय गरे पनि अझैसम्म पीडितले राहत नपाएको बताए । उनले भने,‘बिगतमा खिलराज रेग्मीको अध्यक्षतामा रहेको मन्त्रिपरिषदले राहत दिने निर्णय गरेको थियो । तर अहिलेसम्म एक जना पीडितले पनि राहत पाएको छैन ।’ 

प्रधानमन्त्री ओलीले निर्णय गर्ने बेला विभिन्न शर्त राखिएकाले पीडित परिवारले राहत नपाएकाले वर्तमान सरकारले पीडितलाई राहत दिनु पर्ने माग गरे ।