१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ५ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ५ बिहीबार १८:o४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आत्रेय एग्जिस्टेन्स म्यानेजमेन्ट एन्ड काउन्सिलिङको सेवा विस्तार तथा सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ५ बिहीबार १८:o४:oo

आत्रेय एग्जिस्टेन्स म्यानेजमेन्ट एन्ड काउन्सिलिङको सेवा विस्तार तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। शिक्षाविद् प्राडा. विद्यानाथ कोइरालाको प्रमुख आतिथ्यतामा एक विशेष समारोहबीच आत्रेय एग्जिस्टेन्स म्यानेजमेन्ट एन्ड काउन्सिलिङ सर्भिसेजको सेवा विस्तार तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो।

नयाँ बानेश्वरमा रहेको कम्पनीको कार्यकक्षमा भएको कार्यक्रममा प्रमुख अतिथिबाट सात पत्रकारलाई गीता पौडेल आत्रेय स्मृति प्रज्ञा पुरस्कार तथा सम्मान अर्पण गरिएको थियो। पाँच हजार पाँच रुपैयाँको नगद राशिसहित पुरस्कृत तथा सम्मानित हुनेहरूमा राधा चालिसे, कृष्ण भुसाल, शम्भु ढुंगाना, विद्या राई, गीता अधिकारी, भूमिकला पौडेल र दीपेन्द्रप्रकाश केसी रहेका थिए ।

उक्त समारोहमा वरिष्ठ शिक्षाविद् प्राडा. कोइराला, सहप्राध्यापक डा. तारानाथ घिमिरे, वरिष्ठ अधिवक्ता जगनप्रसाद फुँयाल, सहप्राध्यापक दिननाथ पण्डित, पूर्वकोर्डिनेटर नेपाल राष्ट्र बैंकका खगेन्द्र गौतम, विश्व पञ्चांग निर्णायक संघका अध्यक्ष ज्यो.पं. नारायणप्रसाद नेपाल, महासचिव गोविन्द सापकोटा, गायत्री ज्योतिष तथा वास्तु सेन्टर प्रमुख ज्यो.पं. बलराम खकुरेल, पाथीभरा आयुर्वेदिक अस्पताल प्रमुख बिपी तिम्सिना, गुरुकुल योगाश्रम प्रमुख रमेश सिटौलालाई सम्मानित गरिएको थियो।

यस्तै, अमृत क्याम्पसका उपप्राध्यापक विष्णु मिश्र, डाइमन्ड शमशेर साहित्यिक प्रतिष्ठानका हेमांगराज गिरी, विश्व हिन्दू युवा संघका अध्यक्ष ऋषिकेशजंग शाह, बैजनाथकुमार मल्लिक, मुन्ना लामा, ज्योति महिला संसार उत्पादन सहकारी संस्था लि, केशव भट्टराई, दीपक कोइराला, श्यामलाल अर्याल र नेपाल सांस्कृतिक संघका महामन्त्री गणेशप्रसाद सुवेदीलाई सम्मान अर्पण गरिएको थियो।