
नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले एमाले अध्यक्ष केपी ओलीको भनाइबाट जनता झस्किएका बताएका छन् ।
बिहीबारको बैठकमा उनले संसद् विघटन प्रतिगामी होइन भन्ने ओलीको भनाइबाट संघीयता खतरामा रहेको आशंका व्यक्त गरे । न्यायपालिकालाई निर्देशन दिने प्रणालीबाट जनता झस्किएका उल्लेख गर्दै निधिले संविधानले अवलम्बन गरेको प्रणालीले कार्यपालिकाभन्दा माथि कसैले पनि निर्देशन दिन नमिल्ने प्रस्ट पारे ।
‘हामी झस्केका छौँ, जनता झस्केका छन् । प्रतिनिधिसभाको विघटन प्रतिगमन होइन भन्नुभएको छ । बाहिरको र नेपालको संसदीय प्रणालीमा केही न केही फरक छ । उहाँले यस्तो भन्नुमा संघीयतामाथि नै खतरा आइरहेको छ भन्ने महसुस भएको छ,’ निधिले भने ।