मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ माघ ३ मंगलबार १४:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शिक्षामन्त्रीले गरे पदभार ग्रहण

Read Time : < 1 मिनेट
२०७९ माघ ३ मंगलबार १४:२३:००

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन् । 

राष्ट्रपति कार्यालयमा शपथग्रहणलगत्तै मन्त्री खनालले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । 

उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यलगायतका कर्मचारीले स्वागत गरे । 

सुरुमा स्वतन्त्र उम्मेदवारी दिएका खनालपछि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घन्टी लिएर काठमाडौं ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

‘टिच फर नेपाल’का संस्थापक खनाल लामो समय शिक्षा क्षेत्रमा काम गर्दै आएका छन् ।