मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस लस एन्जलस
२०७९ माघ ३ मंगलबार १३:१३:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

क्यालिफोर्नियामा वर्षा र आँधी जारी, जनजीवन प्रभावित

Read Time : < 1 मिनेट
रासस, लस एन्जलस
२०७९ माघ ३ मंगलबार १३:१३:००

अमेरिकाको क्यालिफोर्निया राज्यमा केही दिनदेखि आँधी र हिमपात जारी रहेको छ । स्थानीय समयअनुसार सोमबार पनि यहाँ थप वर्षा र हिमपात भएको छ ।  हिमपातका कारण यहाँका लाखौँ नागरिक प्रभावित भएका छन् ।

क्यालिफोर्नियामा आँधीले ठूलो जनधनको क्षति गरेको छ भने बाढीका कारण धेरै घर भत्किएका यहाँका विपत् व्यवस्थापन अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूका अनुसार यस प्राकृतिक प्रकोपमा हालसम्म १९ जनाको ज्यान गएको छ भने धेरै मानिस घरबारविहीन भएका छन् ।

स्थानीय प्रशासनले उद्धारका लागि अभियान चलाएको छ । तर, निरन्तरको आँधीका कारण नागरिकको उद्धार हुन सकिरहेको छैन । यहाँको राष्ट्रिय मौसम सेवाले आगामी दिनमा क्यालिफोर्निया र प्यासिफिक उत्तरपश्चिमी क्षेत्रमा थप आँधी आउन सक्ने र यसबाट  ठूलो विनाश निम्त्याउन सक्ने अनुमान पनि गरेको छ । 

यहाँको स्थानीय सलिनास नदीमा पानीको सतह खतराको तहमा पुगेको बताइएको छ । नदीमा देखिएको खतरापछि यहाँका उद्धारकर्मीहरूले हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन् । क्यालिफोर्नियाका स्थानीय सञ्चारमाध्यमका अनुसार बाढीले गत हप्तामा मात्र दुई लाखभन्दा बढी घर र व्यवसायले बिजुली कटौतीको सामना गरेका छन् ।

यहाँ हप्ता दिनभन्दा लामो समयदेखि नै निरन्तरको वर्षाका कारण बाढी र पहिरोसमेत आएको छ । यसका कारण यहाँका नागरिकले आधारभूत आवश्यकताको पनि जोहो गर्न नसकेको बताइएको छ ।

अधिकारीहरूले खराब मौसमका कारण बाढी र पहिरोको समस्या देखिएको बताएका छन् । जसका कारण सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । यहाँका खेती लगाइएका खेतहरू तथा सडकहरू पनि डुबानमा परेका छन् ।