
सेन्ट्रल फाइनान्स लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार भएको साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ ।
साधारण सभाले संजोजमान श्रेष्ठ, चैत्यराज शाक्य, चण्डिका श्रेष्ठ, डा. किशोर हाकुदुवाल, विद्या भूषणध्वज जोशी र प्रनेश बाटीलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त यस संस्थाको चुक्ता पूँजी रु. ९४ करोड ८८ लाख ७५ हजार, निक्षेप रु. ६ अर्व २९ करोड र कर्जा रु. ५ अर्व १६ करोड रहेको छ ।