मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २९ शुक्रबार १६:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

केपीका कारण राजनीतिक महाभूकम्प गयो : वामदेव गौतम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २९ शुक्रबार १६:०७:००

राष्ट्रिय सभाका सांसद वामदेव गौतमले एमाले अध्यक्ष केपी ओलीले राजनीतिमा महाभूकम्प ल्याएको बताएका छन् । मुलुकको पछिल्लो राजनीतिक परिदृश्यको मुख्य योजनाकार ओली भएको उनको भनाइ छ । 

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले मुलुकमा राजनीतिक महाभूकम्प गएको र त्यसका योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली भएको टिप्पणी गरे । तर, मुख्य पात्रको भूमिकामा भने पुष्पकमल दाहाल रहेको उनको भनाइ थियो । 

ओलीलाई महाभारतको कृष्ण र प्रचण्डलाई अर्जुनको उपमा दिँदै उनले भने, ‘जुन आजको स्थिति बिग्रेको छ भनिन्छ, त्यसको निम्ति मूल कृष्ण भएर भूमिका खेल्ने कमरेड केपी ओली हुनुहुन्छ, नेकपा (एमाले) का अध्यक्ष । महाभारतमा अर्जुन र कृष्णहरू छन् । कृष्णलाई मुख्य मान्छन्, तर धुनवान चढाएर सबैसबै समाप्त गर्ने त अर्जुन नै हो । त्यसो भएर कृष्णलाई पछाडिबाट सहयोग गर्ने व्यक्ति मानिन्छ । पात्रको रूपमा अर्जुनलाई मानिन्छ । यसपटक हाम्रो देशमा घटेको यो महाभूकम्पमा मुख्य योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली । र, मुख्य पात्र प्रचण्ड हुनुभएको छ ।’