Skip This
बागमतीकाे सभामुखमा गठबन्धनबाट राप्रपाका भुवन पाठकले दिए उम्मेदवारी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २८ बिहीबार
  • Tuesday, 13 May, 2025
२o७९ पौष २८ बिहीबार १५:oo:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमतीकाे सभामुखमा गठबन्धनबाट राप्रपाका भुवन पाठकले दिए उम्मेदवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २८ बिहीबार १५:oo:oo

बागमती प्रदेश सभाको सभामुख पदका लागि सत्तागठबन्धनका तर्फबाट राप्रपाका भुवन पाठकले उम्मेदवारी दिएका छन्।

पाठकको प्रस्तावकमा एमाले संसदीय दलका नेता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया र समर्थकमा माओवादीका प्रदेश सदस्य युवराज दुलाल रहेका छन्। सत्तासमीकरण मिलाउने क्रममा गठबन्धनले बागमती प्रदेशको सभामुख राप्रपालाई दिने सहमति गरेको थियो। सोहीअनुसार आज राप्रपाका पाठकले उम्मेदवारी दर्ता गरेका हुन्।

पाठकलाई गठबन्धन दल एमालेका २७, माओवादीका २१, राप्रपाका १३, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुई गरी ७० प्रदेश सदस्यहरूको समर्थन रहेको छ। सभामुखको निर्वाचन शुक्रबार हुने प्रदेश सभा सचिवालयले जनाएको छ।

यस्तै कांग्रेसबाट शिवराज अधिकारी र नेमकिपाबाट सिर्जना सायजुले पनि प्रदेश सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन्। सभामुख पदको चुनावी परिणाम सोही दिन घोषणा गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।