१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:२३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

लुम्बिनी विकास बैंकको १५औँ वार्षिक साधारणसभा सम्पन्न, १२ प्रतिशत लाभांश वितरण गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:२३:oo

लुम्बिनी विकास बैंक लिमिटेडले मंगलबार आफ्नो १५औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। 

सभाले आब ०७८/७९ को वार्षिक प्रतिवेदन पारित गरी आब ०७९/८० को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरूसँगै सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयरसहित कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ।

बैंकका सञ्चालक समितिका अध्यक्ष प्रवीणकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा आब ०७८/७९ को वार्षिक प्रतिवेदनउपर प्रत्यक्ष सहभागी भएका सेयरधनीहरूले राखेका जिज्ञासाहरूको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले स्पष्ट पारेका थिए। 

यस्तै, सभाले नयाँ सञ्चालक समिति निर्विरोध चयन गरेको छ। जसमा, संस्थापक सेयरधनीहरू (समूह ‘क’) को तर्फबाट चिन्तामणि भट्टराई, रामचन्द्र सिग्देल र प्रवीणकृष्ण श्रेष्ठका साथै सर्वसाधारण सेयरधनीहरू (समूह ‘ख’) को तर्फबाट गणेशराज रेग्मी, अर्जुन थापा र केशव खतिवडा निर्विरोध निर्वाचित भएका छन्। 

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरूमा गरी जम्मा ८८ वटा शाखा कार्यालयहरू र एउटा एक्स्टेन्सन काउन्टर स्थापना भएको छ।

बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरूसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। ग्राहकहरूलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा ‘मासिक’ रूपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणादेखि दश गुणासम्म गर्न मिल्नेसमेत विशेष योजना कार्यान्वयनमा ल्याएको छ।