Skip This
‘मेरो नामै लिन निषेध गरिएको संसदमा आज आफैँ उभिएको छु’
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २५ सोमबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २५ सोमबार १५:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘मेरो नामै लिन निषेध गरिएको संसदमा आज आफैँ उभिएको छु’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २५ सोमबार १५:३४:oo

जनमत पार्टीका अध्यक्ष एवं सांसद चन्द्रकान्त (सिके) रावतले संसदमा उभिएर बोल्न पाएकोमा खुसी व्यक्त गरेका छन्। 

सोमबार प्रतिनिधिसभाको नयाँ कार्यकालको पहिलो बैठकमा उनले कुनै समय आफ्नो नाम लिनसमेत निषेध गरिएको संसदमा आफू स्वयं उभिन पाएको उल्लेख गर्दै उनले खुसी व्यक्त गरेका हुन्।

लोकतान्त्रिक व्यवस्था र जनमतका कारण नै यो सम्भव भएको उनको भनाइ छ। ‘जुन ठाउँमा कुनै वेला मेरो नाम मात्र लिन पनि निषेध गरिएको थियो, त्यो ठाउँमा आज आफैँ उभिएर बोल्न पाउँदा एउटा नयाँ अनुभूति भएको छ,’ उनले भने, ‘यो अवसर प्रदान गर्ने लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतलाई सबैभन्दा पहिले धन्यवाद दिन चाहन्छु।’