Skip This
मिटरब्याजीकाे आराेपमा चन्द्रकान्त साह पक्राउ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २२ शुक्रबार
  • Friday, 26 July, 2024
सौरभ यादव राजविराज
२o७९ पौष २२ शुक्रबार १९:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मिटरब्याजीकाे आराेपमा चन्द्रकान्त साह पक्राउ 

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o७९ पौष २२ शुक्रबार १९:३२:oo

चर्को मिटरब्याजी असुली गरेको आरोपमा सप्तरीमा एक व्यक्ति पक्राउ गरेका छन्। 

 डाक्नेश्वरी नगरपालिका १ कविलासाका ५५ वर्षीय चन्द्रकान्त साह सर्वसाधारणको जग्गा राखेर चर्को मिटरब्याजी ऋण दिने र कतिपयको सावाँ ब्याज लिइसके पछिपनि धितो फिर्ता नगरेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ।  

सप्तरी प्रहरी प्रवक्ता नरेशकुमार सिंहका अनुसार  सोही नगरपालिका १ निवारी स्व. मो. युसुफका छोरा मो. अफताब आलमको जाहेरीको आधारमा साहलाई पक्राउ गरिएको हो।
सोही मुद्दाका अर्का आरोपी जगरनाथ साहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। 

मिटरब्याजपीडित आफताब आलमका अनुसार अत्यावश्यक काम परेर बुबा युसुफले आफ्नो ५ कठ्ठा १४ धुर जग्गा धितो राखेर २०७३ साल फागुन १ गते चन्द्रकान्तसँग १० लाख रुपैयाँ ऋण लिएका थिए। ऋण दिँदा साहले दोब्बर रकमको कागज मात्र गराएनन् ५ कठ्ठा १४ धुर जग्गा मालपोत कार्यालय राजविराजमा लिखत पास नै गराएको बताए। पीडित  आलमले भने, ‘जग्गा धितो राखेर तमसुक गरी लिएको १० लाख ऋण र ब्याजसहित पूरै रकम चुक्ता गरेँ। तर जग्गा र तमसुक अझैसम्म पाएको छैन।’ 

चन्द्रकान्तलाई पक्राउ गरी ठगी तथा आपराधिक विश्वासघात मुद्दामा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिइ अनुसन्धान भइरहेको सप्तरी प्रहरी प्रवक्ता सिंहले बताए।
यसअघि, सप्तरीकै खडक नगरपालिका–७, कल्याणपुरका मिटरब्याजी रामदेव साह तेलीबाट पीडित भएकाहरुले पटक–पटक आन्दोलन गर्दै आएका छन्।

प्रदर्शनकारीले तेलीमाथि कारबाहीको माग गर्दै औका छन्। तर उनी अझैसम्म पक्राउ परेका छैनन् । तेलीविरुद्ध पनि इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता छ।