Skip This
सात हजार बन्दीले आममाफी पाउँदा सुकी 'लिस्ट'मा परिनन् 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २० बुधबार
  • Tuesday, 13 May, 2025
२o७९ पौष २० बुधबार १६:१८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सात हजार बन्दीले आममाफी पाउँदा सुकी 'लिस्ट'मा परिनन् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २० बुधबार १६:१८:oo

म्यानमारको सैनिक सरकारले बुधबार स्वतन्त्रता दिवस मनाउन सात हजार १२ जना बन्दीलाई आममाफी दिने घोषणा गरेको छ। 

प्रजातान्त्रिक नेतृ आङ सान सुकीको जेल सजायलाई ३३ वर्षमा पुर्‍याएको केही दिनपछि यस्तो घोषणा भएको हो। 

सेनाले सत्ता कब्जा गरेको करिब दुई वर्षपछि दक्षिणपूर्वी एसियाली यो देशमा सरकारी सेना र विद्रोहीबीच द्वन्द्व जारी छ। 

बन्द अदालतबाट चलेको न्याय निरुपणको शृंखलासँगै सैनिक सरकारले यो वर्षको अन्त्यमा नयाँ चुनावको तयारी गरिरहेको छ। 

बेलायतबाट स्वतन्त्र भएको ७५ वर्ष पुगेको अवसरमा आज ‘ट्यांक, मिसाइल लन्चर र सशस्त्र वाहन राजधानी नेपिटको ‘परेड ग्राउन्ड’मा प्रदर्शन गरिएको थियो। परेडमा निजामती कर्मचारी र माध्यमिक विद्यालयका विद्यार्थीले सेनालाई साथ दिएका थिए।