मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १४ बिहीबार ०७:४८:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नम्बर एक गल्फर शुक्रलाई अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १४ बिहीबार ०७:४८:००

नेपालका नम्बर एक गल्फर शुक्रबहादुर राई सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन शीर्ष स्थानमा उक्लेका छन् । प्रतियोगिताको पहिलो दिन उनी दोस्रो स्थानमा थिए । धरान गल्फ क्लबको कोर्समा शुक्रबहादुरले बोगीरहित ६ अन्डर ६४ को कार्ड लेखाउँदै शीर्ष स्थानमा पुगेका हुन् । समग्रमा उनले १० अन्डर एक सय ३० को स्कोर बनाए । शुक्रबहादुरले अघिल्लो दिन शीर्ष स्थानमा रहेका नीरज तामाङलाई चार स्ट्रोकले पछि पारेका छन् । 

दोस्रो दिन नीरजले १ अन्डर ६९ कार्ड लेखाए । उनले समग्रमा ६ अन्डर एक सय ३४ स्कोर गरेका छन् । सञ्जय लामाले इभन पार ७० खेल्दै चार अन्डर १ सय ३६ सहित तेस्रो स्थानमा चित्त बुझाए । भुवन नगरकोटीले इभन पार ७० खेल्दै चौथो स्थान रक्षा गरेका छन् । उनले तीन अन्डर एक सय ३७ कार्ड लेखाएका छन् । एमेच्योर खेलाडी राजकुमार राई तीन अन्डर ६७ स्कोरका साथ पाँचौँ स्थानमा छन् । उनले समग्रमा दुई अन्डर एक सय ३८ स्कोर गरेका छन् । 

शुक्रबहादुरले निकाले ६ बर्डी
शुक्रबहादुरले फ्रन्ट नाइनमा चार अन्डर ३२ स्कोर गरेका थिए । उनले पहिलो चार होलमा पार बचाएका थिए । उनले पाँचौँ, छैटौँ, सातौँ र नवौँ होलमा बर्डी प्रहार गरे । यसपछि उनले १२औँ र १५औँ होलमा बर्डीको मद्दतले ब्याक नाइन दुई अन्डर ३२ स्कोर गरेका थिए । नीरजले फ्रन्ट नाइनमा दुई अन्डर ३४ स्कोर र ब्याक नाइन एक ओभर ३५ स्कोर गर्दै दोस्रो स्थान बलियो बनाए ।