
नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आफ्ना पक्षधरहरूको भेला बोलाउने भएको छ ।
शेखर–गगन पक्षका शीर्ष नेताको आज बिहान बसेको बैठकले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकअघि नै आफूपक्षको भेला बोलाउने निर्णय गरेको हो ।
पार्टी सभापति शेरबहादुर देउवाले २२ पुसमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।
आजको भेलामा सहभागी नेता अर्जुननरसिंह केसीले केन्द्रीय कमिटी र प्रदेश समिति निर्वाचनमा सहभागी सबैलाई भोलाएर अहिलेको समग्र परिस्थितिबारे छलफल गर्ने निर्णय भएको जानकारी दिए ।
बैठकमा डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मीनेन्द्र रिजाल, रामकृष्ण यादव, सरिता प्रसाईंलगायत उपस्थित थिए ।