मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत ११ शनिबार
  • Saturday, 25 March, 2023
दीपक भट्ट रामेछाप
२०७९ पौष २ शनिबार १७:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछापमा बोलेरो दुर्घटना हुँदा नौजना घाइते, तीनको अवस्था गम्भीर

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७९ पौष २ शनिबार १७:४२:००

रामेछापको उमाकुण्ड गाउँपालिका–६ भुजीमा शनिबार दिउँसो बोलेरो दुर्घटना हुँदा नौजना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार लिखु तामाकोसी गाउँपालिका– १ दुरागाउँबाट उमाकुण्ड गाउँपालिकाको भुजीतर्फ जाँदै गरेको बा ११ च ७५१२ नम्बरको बोलेरो गाडी भुजीको एकराते पहरा फास्तुमा दुर्घटनामा परेको हो। घाइतेहरूको उद्धार गरी गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ।

कच्ची सडकको मोडबाट गाडी अनियन्त्रित भई करिब ५० मिटर तल भिरमा खसेको छ। बोलेरोमा सवार सबैजना घाइते भएका छन्। घाइतेमध्ये लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँका वडासदस्य विमल सुनुवार, सोही गाउँका विमला सुनुवार र राजकुमार थापालाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजुप्रसाद ढकालले जानकारी दिए।

त्यसैगरी, गाडी दुर्घटनामा लिखु तामाकोसी गाउँपालिका– १ दुरागाउँकै २३ वर्षकी सृष्टि सुनुवार, ३० वर्षकी सीता कार्की, ३० वर्षकै मनिता खड्का र ४० वर्षका दीप सुनुवारलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार गरी थप उपचारका लागि सदरमुकाम मन्थलीतर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये १६ वर्षीय नरेश खड्का र १९ वर्षीय सुजन भुजेलको अवस्था सामान्य रहेकाले उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ।