Skip This
इतिहासमा विश्वकप : ५६ सेकेन्डमै रातो कार्ड
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १ शुक्रबार
  • Tuesday, 13 May, 2025
२o७९ पौष १ शुक्रबार ११:५७:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

इतिहासमा विश्वकप : ५६ सेकेन्डमै रातो कार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १ शुक्रबार ११:५७:oo

सन् १९८६ को विश्वकपमा उरुग्वेका डिफेन्डर जोसे बाटिस्टाले एक खराब रेकर्ड राखे । समूह चरणमा उरुग्वे र स्कटल्यान्डबीच खेल भएको थियो । खेलको ५६ सेकेन्डमै बाटिस्टाले सीधै रातो कार्ड बेहोरी मैदानबाट बाहिरिए । विश्वकप इतिहासमा सबैभन्दा छिटो रातो कार्ड पाउने खेलाडीका रूपमा उनी परिचित छन् । यस खेलमा दुवै पक्षबीच गोलरहित बराबरीभएको थियो । 

समूह ‘ई’मा उरुग्वेले तेस्रो हुँदै नकआउट चरण स्थान पक्का गर्‍यो । उरुग्वेले दुई बराबरी र एक हारको सामना गरेको थियो । यसै विश्वकपमा उनले चिलीविरुद्धको महत्वपूर्ण खेलमा एक गोलगरेका थिए ।

उनले पेरुविरुद्ध उरुग्वेको टोलीबाट डेब्यु गरेका थिए । डिफेन्डर बास्टिटाले उरुग्वेबाट १९८४ देखि १९९३ सम्म प्रतिस्पर्धा गरेका थिए । करिअरमा १४ अन्तर्राष्ट्रिय खेलमा उनले एक गोल गरे । सन् २००९ देखि २०१० सम्म डेर्पोटिभो स्पानोलका टिम म्यानेजरका रूपमा उनी कार्यरत रहे ।