Skip This
हिजाब विरोधी प्रदर्शनमा इरानमा दोस्रो मृत्युदण्ड
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २६ सोमबार
  • Tuesday, 13 May, 2025
२o७९ मङ्सिर २६ सोमबार २o:४७:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

हिजाब विरोधी प्रदर्शनमा इरानमा दोस्रो मृत्युदण्ड

मसाह अमिनीको मृत्यपछि भड्किएको प्रदर्शनमा पक्राउ परेका माजिद्रेजा रहनावर्डलाई एक महिना नपुग्दै मृत्युदण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २६ सोमबार २o:४७:oo

इरानले देशमा जारी विरोध प्रदर्शनका क्रममा पक्राउ परेका अर्का एक व्यक्तिलाई पनि मृत्युदण्ड दिएको छ। 
हिरासतमा मसाह अमिनीको मृत्यपछि भड्किएको प्रदर्शनमा पक्राउ परेका माजिद्रेजा रहनाभार्डलाई मसदको अज्ञात सार्वजनिक स्थानमा मृत्युदण्ड दिइएको जानकारी न्यायपालिकाको समाचार वेबसाइटले सोमबार प्रकाशित गरेको छ। 

रहनाभार्डलाई सुरक्षा बलका दुई सदस्यको हत्या गरेको आरोपमा दोषी ठहर गरिएको थियो। वेबसाइटले यो मृत्युदण्डका थुप्रै तस्बिरहरू प्रकाशित गरेको छ। 

तस्बिरमा एक व्यक्तिको हात बाँधिएको र क्रेनको सहयोगमा फाँसी दिइएको देखिन्छ। उनलाई मृत्युदण्ड दिइरहँदा मास्कधारी सुरक्षा बलले सो क्षेत्रलाई घेरा हालेर सुरक्षा दिइरहेको र दर्जनौँ मानिसको भिडले सुरक्षा अवरोध पछाडिबाट मृत्युदण्डलाई नियालेको देखिन्छ।

इरानले यसअघि अमिनी प्रकरणको विरोध प्रदर्शनसँग सम्बन्धित पहिलो बन्दीलाई बिहीबार मृत्युदण्ड दिएको थियो। मध्य तेहरानमा बसिज अर्धसैनिक बलका एक सदस्यलाई चक्कुले आक्रमण गरी घाइते बनाएको अभियोगमा २३ वर्षीय मोहसेन सेकारीलाई मृत्युदण्ड दिएको थियो।

सेकरीको जस्तै सोमबारको मृत्युदण्डबाट पनि इरानी न्यायपालिकाले प्रदर्शनसँग सम्बन्धित मुद्दाहरूलाई तीव्र ढंगले अगाडि बढाइरहेको देखाउन खोजेको देखिन्छ। रहनाभार्डलाई गिरफ्तारीको एक महिना पनि नपुग्दै मृत्युदण्ड दिइएको छ। 

न्यायपालिकाले रहनाभार्डले नोभेम्बर १७ मा बसिजका दुई सदस्यविरुद्ध ‘आतंकवादी’ हमला गरेको दाबी गरेको छ। बसिजका सदस्यमाथि आक्रमण भएको दुई दिनपछि उनलाई ‘भगवानविरुद्ध युद्ध’ छेडेको आरोपमा पक्राउ गरिएको थियो। 

त्यसअघि इरानको सरकारी टेलिभिजनले एउटा फुटेज प्रसारण गरेको थियो, जसमा उभिएको एउटा व्यक्तिले पार्क गरिएको मोटरसाइकल छेउ भुइँमा ढलेका अर्का एक व्यक्तिलाई छुरा प्रहार गरेको देखिन्थ्यो। 

भिडियोमा अर्को व्यक्तिले आक्रमणकारीमाथि प्रहार गर्न खोजेको र भाग्नुअघि आक्रमणकारीले उनलाई पनि छुरा प्रहार गरेको देखिएको थियो। न्यायपालिकाले आक्रमणकारी रहनाभार्ड नै भएको र उनले भाग्ने क्रममा अन्य चारजनालाई पनि घाइते बनाएको दाबी गरेको थियो। 

उनको मृत्युदण्ड कार्यान्वयनपछि पूर्वाेत्तर रजावी खोरासानका न्यायपालिका प्रमुख घोलामाली सडेघीले चाँडो सजाय कार्यान्वयन गरेकोमा र शान्ति सुव्यवस्था स्थापना गर्न जनताले गरेको मागको जवाफ दिएकोमा प्रहरी, सुरक्षा र न्यायपालिका अधिकारीहरूलाई धन्यवाद दिएका छन्। 

न्यायपालिकाका प्रवक्ता मसुद सेतायसीले पनि शनिबार सरकारी टेलिभिजनसँग बोल्दै सेकरीलाई दिइएको मृत्युदण्डको बचाउ गरेका थिए।

मानिसको जीवन, सम्पत्ति वा परिवारलाई हानि पुर्याउने उद्देश्यले हतियार प्रयोग गर्ने जोकोहीलाई मोहरेबेह वा ‘भगवानविरुद्ध युद्ध’को दोषी ठहर गरी मृत्युदण्ड दिइने उनले चेतावनी दिएका छन्। 

अनिवार्य ड्रेस कोडको पालना नगरेको आरोपमा नैतिक प्रहरीको गिरफ्तारीमा परेकी युवती महसा अमिनीको हिरासतमै मृत्युपछि सेप्टेम्बरको मध्यमा इरानमा विरोध प्रदर्शन सुरु भएको थियो। 

त्यसपछि देशव्यापी रूपमा सुरु भएको हिजाबविरोधी प्रदर्शन अहिले पनि जारी नै छ। सरकारविरोधी प्रदर्शनमाथि चरम दमन गरिएको छ। 

प्रदर्शनका क्रममा अहिलेसम्म ४५० भन्दा बढी व्यक्ति मारिएको मानवअधिकार संगठनहरूको भनाइ छ। सरकारले पनि अहिलेसम्म २०० प्रदर्शनकारी मारिएको स्वीकार गरेको छ।
एजेन्सी