मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कतार विश्वकपमा शनिबार बिहान भएको नेदरल्यान्ड्सविरुद्ध अर्जेन्टिनाबीचको क्वार्टरफाइनल खेलमा रातो कार्ड देखाउँदै स्पेनिस रेफ्री । तस्बिर : एजेन्सी
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर २५ आइतबार ११:४१:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कुन विश्वकपमा कति पहेँलो र रातो कार्ड ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर २५ आइतबार ११:४१:००

स्पेनिस रेफ्री म्याथ्युलाई शनिबार बिहान कतार विश्वकपअन्तर्गत अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वार्टरफाइनल खेल नियन्त्रण लिन हम्मेहम्मे परेको थियो । अर्जेन्टिनी र नेदरल्यान्ड्सका खेलाडी मध्यान्तरपछि एकआपसमा विवादमा उत्रिए । ससाना कुरामा पनि उनीहरू झगडा गर्न निस्कन्थे । म्याथ्युले विनाशंकोच कार्ड निकाले । यद्यपि, खेलको टाइब्रेकरसम्म पनि यस्तै तनावको दृश्य देखियो । खेल समाप्तिपछि पनि रेफ्री म्याथ्युले डे«सिङ रुममा जाँदै गर्दा कार्ड देखाए । 

स्पेनिस रेफ्री म्याथ्युले नेदरल्यान्ड्स र अर्जेन्टिनाबीचको खेलमा प्रदर्शन गरेको कार्ड इतिहासमै सर्वाधिक रह्यो । विश्वकपको एउटै खेलमा धेरै कार्ड प्रदर्शन भएको यही खेल नै रह्यो । उनले १७ कार्ड देखाएका थिए । विश्वकपमा यो मात्र खेल होइन । यसअघिका विश्वकप संस्करण पनि रेफ्रीले रातो र पहेँलो कार्ड देखाएका थिए । सन् १९७० देखि विश्वकपमा पहेँलो र रातो कार्ड प्रयोगमा ल्याएको थियो । सन् १९३० देखि १९६६ सम्मको विश्वकपमा कार्डको व्यवस्था थिएन । 

खेलमा रेफ्रीलाई कार्ड नियम लागू भए पनि सन् १९७० कै संस्करणमा ५२ पहेलो कार्ड देखाइएको थियो । यस संस्करणमा रातो कार्ड देखाइन् । सन् २००६ को संस्करणमा रसियन रेफ्री भालेन्टिन इभानोले नेदरल्यान्ड्स र पोर्चुगलबीच १६ कार्ड देखाए । जसमा चार रातो कार्ड पनि समावेश थियो । सन् २००६ को जर्मनीले आयोजना गरेको विश्वकपमा सर्वाधिक खराब खेल भयो । यसमा तीन सय ४५ पहेलो तथा २८ रातो कार्ड रेफ्रीले देखाए । प्रतियोतिगाको प्रतिखेल पाँच पहेँलो कार्ड औसत रहेको थियो । 

क्यामरुन–जर्मनी (१६)
सन् २००६

जर्मनी र क्यामरुनका खेलाडी मैदानमा शारीरिक खेलको प्रदर्शन गरेका थिए । विश्व फुटबलमा जर्मनी पनि ‘रफ’ खेल्ने टोलीमा पर्छ । जर्मनीका तुलनामा दक्षिण अफ्रिकी टोली क्यामरुन पनि कम थिएन । विश्वकपको समूह चरणमा जर्मनीले क्यामरुनमाथि २–० को कठिन जित निकाल्यो । यस खेललाई नियन्त्रणमा लिन रेफ्रीले १६ पटक कार्ड निकाले । स्पेनिस रेफ्री एन्टोनियो जेससले दुई खेलाडीलाई रातो कार्ड देखाउँदै बाहिर पठाए । क्यामरुनका मिडफिल्डर मार्क भिभिएन र जर्मनीका स्ट्राइकर कास्र्टेन जांकरले लगातार दुई पहेँलो कार्ड व्यहोर्दै मैदानबाट बाहिरिए । यी दुवै खेलाडी खेल सुरु भएको दशौँ मिनेटमै बुक भएका थिए । पहिलो हाफमा रेफ्रीले नौ कार्ड देखाए । खेलको ७८औँ मिनेटमा क्यामरुनका प्याट्रिक रुफ रातो कार्ड पाएपछि बाहिरिए । प्रतियोगिताअन्तर्गत सेनेगल र उरुग्वेबीच १२ वटा पहेँलो कार्ड देखाइएको थियो । यसैगरी, नाइजेरिया र इटालीबीचको प्रिक्वार्टरफाइनलमा नौ कार्ड रेफ्रीले देखाएका थिए । 

पोर्चुगल–नेदरल्यान्ड्स (१६)
सन् २००६ 

इतिहासमा जर्मनीले आयोजना गरेको विश्वकप खेलाडीहरूले खेल भावनाविपरीत प्रदर्शन गरेको रेकर्ड कायम गरे । प्रिक्वार्टरफाइनलमा दुई युरोपियन राष्ट्रबीच प्रतिस्पर्धा भयो । यो खेललाई ‘ब्याटल अफ नुरेम्बर्ग’ नाम दिइएको थियो । मैदानबाहिर राजनीतिक प्रतिशोध र मैदानभित्र खेलाडीबीच तनावपूर्ण थियो । प्रतिस्पर्धामा रेफ्रीले १६ कार्ड देखाए । खेलको दोस्रो मिनेटमै तनाव सुरु भयो । नेदरल्यान्ड्सका मिडफिल्डर मार्क भान बोमेलले पहेँलो कार्ड पाए । मध्यान्तरअघिसम्म चारवटा कार्ड प्रदर्शन भइसकेको थियो । मध्यान्तरपछि थप ११ कार्ड देखाइयो । खेलको ६३औँ मिनेटमा नेदरल्यान्ड्सका खालिद बाउलाले रातो कार्ड पाए । पोर्चुगलका लुइस फिगोमाथि फल गरेपछि खालिदले दोस्रो पहेँलोकार्डसँगै रातो कार्ड पाए । खेलको ५०औँ मिनेटमा उनले चेतावनीस्वरूप एक पहेँलो कार्ड पाइसकेका थिए । खेलको ७८औँ मिनेटमा नेदरल्यान्ड्स र पोर्चुगल १०–१० खेलाडीमा सीमित भए । खेलको ७७औँ मिनेटमा पोर्चुगलका डेकोले रातो कार्ड पाए । 

नेदरल्यान्ड्स–स्पेन (१४)
सन् २०१०

इतिहासमा दक्षिण अफ्रिकामा आयोजना भएको विश्वकपको फाइनल सर्वाधिक विवादित बन्यो । फाइनलमा स्पेन र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा नेदरल्यान्ड्स र स्पेनबीच गोलरहित बराबरी भएको थियो । पहिलो हाफमा निगेल जोङले स्पेनिस खेलाडी सावी अलोन्सोलाई डरलाग्दो किक प्रहार गरेका थिए । यद्यपि, रेफ्रीले जोङलाई कार्ड नै देखाएनन् । रेफ्रीले कार्ड नदेखाउँदा खेलमा तनाव बढ्यो । त्यसपछि दुई पक्षका खेलाडी शारीरिक खेलमा उत्रिए । खेलको १०८औँ मिनेटमा स्पेनका एन्डे«स इनिस्टाले निर्णायक गोल गर्दै टोलीलाई पहिलोपटक विश्व च्याम्पियन बनाए ।