केशरमहल परिसरमा विभिन्न पुस्तक, प्रतिवेदनलगायतका कागजात छरपस्ट देखिन्छन्। घामपानी र धुलोले बिग्रिसकेका यी अधिकांश कागजात शिक्षा मन्त्रालयसँग सम्बन्धित छन्।
०७२ को भूकम्पपछि यहाँबाट सरेका शिक्षा मन्त्रालयसहित सम्पत्ति शुद्धीकरण विभाग र युनेस्कोको कार्यालयका कागजात अहिले केशरमहल परिसरमा छरपस्ट छन्। मन्त्रालयले आफ्ना पुराना कागजात वर्षौँदेखि बेवारिस छाड्दा यहाँको पुनर्निर्माणमा समेत अवरोध पुगेको छ।
तस्बिरहरू :